आइतबार ‘हेल्लो गजलबार’मा गुञ्जिदैछिन् मिलन अमात्य
screennepal
प्रकाशित: २०७४, २८ श्रावण शनिबार
no img

काठमाडौ, २८ साउन । चर्चित गायिका मिलन अमात्य आइतबार (भोली) साँझ बागबजारस्थित ‘हेल्लो गजलबार’मा गुञ्जिने भएकी छन् । पाश्र्व तथा आधुनिक गायनमा उत्तिकै जम्दै आएकी मिलन गजलबारको उद्घाटन समारोहमा अतिथिका रुपमा प्रस्तुत हुँदैछिन् । गजलबारको औपचारिक उद्घाटन गर्दै मिलनले उपस्थित ग्राहक तथा पाहुनाहरुलाई आफ्ना चर्चित गीत तथा गजल सुनाउँनेछिन् ।
लठ्ठै बनायो, जहिलेसम्म, विश्व सुन्दरी, बट स्लोली, गाला रातै जस्ता दर्जनौ चर्चित र लोकप्रिय गीतहरु छन् । पछिल्लो समय चलचित्र र आधुनिक गायनसँगै देश–विदेशका कार्यक्रमहरु व्यस्त हुँदै आएकी गायिका मिलनको मन्त्रमुध्न स्वरमा नलठिने सायदै कमै होलान् । विशेषगरी लभसङ तथा सेन्टिमेन्टल गीतमा जम्दै आएकी मिलनले भारतको असमबाट सांगीतिक करिअर सुरु गरेकी हुन् । उनले नेपालीका अलावा हिन्दी, असमीलगायतका थुप्रै भाषामा गीत गाउन सक्छिन् ।

https://www.youtube.com/watch?v=qqVuATysik4

यिनै भर्सटायल गायिकालाई आइतबार अर्थात २९ साउनमा राजधानीको केन्द्र मानिने बागबजारस्थित हेल्लो गजलबारको उद्घाटन गर्दै ग्राहक तथा पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्दैछिन् । हेल्लो गजलबार आधुनिक तथा सुविधा सम्पन्न गजलबार हो । गजलबारका सञ्चालकका अनुसार हरेकदिन ग्राहकको मागअनुसार गुणास्तरिय खानासँगै ख्यातीप्राप्त कलाकारहरुद्वारा ग्राहकलाई मनोरञ्जन प्रदान गरिनेछ ।

Comments