भजन शिरोमणि भक्तराज आचार्यको निधन
screennepal
प्रकाशित: २०८०, १४ फाल्गुन सोमबार
no img

काठमाडौँ । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन पारिवारिक श्रोतले जनाएको हो ।

आचार्यको ८२ वर्षको थिए । आचार्य बिगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।

नेपाली सुगम संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान १० बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने ञ्चारकर्मी सुभाष प्रधानले जानकारी दिए।

Comments