यस्तो छ जुनाले ‘उत्कृष्ट लोकदोहोरी गायिका’को अवार्ड पाएको गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०८०, ६ चैत्र मंगलवार
no img

काठमाडौं । गायिका जुना श्रीस मगर ‘उत्कृष्ट लोकदोहोरी गायिक’ ठहरिएकी छन् । राजधानीमा सम्पन्न १४औँ ‘विन्ध्यबासिनी म्युजिक अवार्ड–२०८०’मा ‘पानी खोलीको’ शीर्ष गीतबाट जुनाले ‘उत्कृष्ट लोकदोहारी गायिका’को अवार्ड प्राप्त गरेकी हुन् ।

विन्ध्यबासिनी म्युजिक अवार्डबाट अवार्डेड ‘पानी खोलीको’ बोलको गीतमा जुनासँगै कुमार पुनको पनि स्वर छ । उक्त गीतको शब्दरचना रमेश बिजीले लेखेका हुन् । ‘यो अवार्ड पाउनुमा उहाँहरुको पनि देन छ’, जुनाले भनिन् ।

‘उत्कृष्ट लोकदोहारी गायिका’को अवार्ड पोल्टामा पारेपछि गायिका जुनाले भनिन्, ‘अवार्ड र सम्मानले कलाकारलाई हौसला र उर्जा प्रदान गर्छ । आज मलाई त्यस्तै आभाष भइरहेको छ ।’ बाह्र सयभन्दा बढी गीतकी गायिका जुना ‘लाइभ दोहोरी’का लागि पनि चर्चित छिन् ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, नेपालको केन्द्रीय सदस्यसमेत रहेकी गायिका जुना भन्छिन्, ‘लोकगीत र दोहोरीमै आधा जीन्दगी समर्पित गरिसकेँ, मेरो लागि गीतसंगीत नै जीवन हो ।’ बागलुङकी जुना २०६१ सालदेखि अनवरत गीतसंगीतमा क्रियाशिल छिन् । उनी भन्छिन्, ‘अहिले जुन स्थानमा छु, आफ्नो मेहनत र संघर्षले हो ।’

‘विन्ध्यबासिनी म्युजिक अवार्ड’को यस १४औँ संस्करणमा नेपाली गीतसंगीतका विभिन्न ३१ विधामा अवार्ड प्रदान गरिएको थियो । विन्ध्यबासिनी फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा बरिष्ठ गायिका मीरा राणालाई एक लाख नगदसहित ‘विन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट’द्वारा सम्मान गरिएको थियो ।

पानी खोलाको गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस्

Comments