यस्तो छ जातीयविभेद विरुद्धको ओमको भिडियो
screennepal
प्रकाशित: २०८०, २ माघ मंगलवार
no img

काठमाडौं । गायक तथा संगीतकार ओम सुनारले जातीय विभेदका घटनालाई निर्मुल पार्नुपर्ने सन्देशसहित ‘मायाँले सजाउँला’ बोलको नयाँ गीत ल्याएका छन् ।

उक्त गीतको भिडियो एक कार्यक्रमबीच चलचित्र पत्रकार संघका पूर्वअध्यक्षहरु बिदूर गिरी, शान्तिप्रिय तथा अभिनेता गजित बिष्ट, अन्तराष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, सामाजिक अभियान्ता खगेन्द्र सुनार, अन्तराष्ट्रिय इभेन्ट कोरियोग्राफर अश्विनी कान्त झालगायतले सार्वजनिक गरे ।

कार्यक्रममा पत्रकार शान्तिप्रियले मानिस सबै एक भएकाले मनवबीच जातीय विभेद हुनुहुन्न भन्ने सन्देश बोकेको यो गीत सान्दर्भिक रहेको बताए । यस्तै, सामाजिक अभियान्ता खगेन्द्र सुनारले मुलुकमा जातीयविभेद नरोकिएको बताए । उपल्लो जातीका चेलीसँग प्रेम तथा विवाह गरेको भन्दै उनले दलितहरुको ज्यान लिनेक्रम जारी रहेको बेला ओमको गीतले त्यस्तो अपराध रोक्न मदत पु¥याउने विश्वास व्यक्त गरे ।

गायक ओमकै अवधारणमा भिडियो तयार भएको हो । गीत मुना शाहले लेखेकी हुन् भने यसमा संगीत र संगीत संयोजन ओमकै रहेको छ ।

भिडियोमा ओम आफैंले अभिनय गरेका छन् । उनीसँगै भिडियोमा एलिसा बास्तोला, बिजय परियार, लक्ष्मण बस्नेत, उत्तम केसी, कुमार भारती, मीना जिसी, आरजे प्रणब, दीपक पराजुली, आराधना पराजुली, ढकबहादुर बिक, लालबहादुर सुनार, रमा थापालगायतको पनि अभिनय रहेको छ ।

Comments