‘मिस नेपाल पिस’को नयाँ संस्करण घोषणा
screennepal
प्रकाशित: २०८०, १२ फाल्गुन शनिबार
no img

काठमाडौँ । पुर्वमिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले एक कार्यक्रमबीच प्रतियोगिताको ७औँ संस्करण घोषणा गरेको हो ।

प्रतियोगिताका शीर्ष बिजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुका आलवा विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।
आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुने प्रतियोगीताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको सहभागिता रहन सक्ने आयोजकको दावी छ ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् ।
छनौट चरणमा छानिएका प्रतियोगीलाई संचार, कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दायित्व बोध गराउने आयोजकको दावी छ ।

Comments