मोफसलपछि अब ‘युक्पुङ’ हङकङ र काठमाडौंमा
screennepal
प्रकाशित: २०८१, ८ बैशाख शनिबार
no img

काठमाडौं । पछिल्लो समय लिम्बू संस्कृतिमूलक चलचित्र निर्माणले पुनः लय लिएको छ । बीच समयमा एक पटक ठप्पजस्तै बनेको लिम्बू चलचित्र निर्माणले अहिले गति लिएको हो । चलचित्र निर्माणसँगै प्रदर्शन हुने क्रम पनि बढेको छ ।

यसैक्रममा लिम्बू संस्कृति र मौलिकतामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ यो बैशाख २९ गते कमलपोखरीस्थित बिग मुभिजमा विशेष प्रदर्शनी हुँदैछ ।

राजधानीमा एक समारोहबीच यो चलचित्रको ट्रेलर र एउटा गीत सार्वजनिक गरिएको छ । गीत तथा ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माणपक्षले चलचित्र प्रदर्शनबारे जानकारी गराएको हो ।

‘युक्पुङ’को गीतमा मदन वनेम र यासेली योङहाङको शब्द रहेको छ भने पाश्र्वसंगीत मदन वनेमकै रहेको छ । यो चलचित्र काठमाडौंभन्दा अगाडि हङकङमा मे १ तारिख अर्थात बैशाख १९ गते प्रदर्शन हुने भएको छ ।

मोफसल धरान, धनकुटा, झापा, मोरङलगायतका पूर्वका मुख्य शहरहरुमा प्र्रदर्शन भइसकेको यो चलचित्र काठमाडौं र विदेशमा प्रदर्शन गर्न लागिएको हो । पूर्वका दर्शकले ‘युक्पुङ’ रुचाएका छन् ।

नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलत्रि ‘युक्पुङ’लाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशन र कोरियोग्राफी अब्बल मानिएका दिनेश माङुमुको ‘युक्पुङ’ डेब्यू चलचित्र हो । निर्देशक माङ्मुका अनुसार चलचित्र ‘थुक्पुङ’मा एउटा बस्तीको कथा रहेको छ ।

सार्वजनिक ट्रेलरले पनि चलचित्र पूर्वको एउटा वस्तीमाथि केन्द्रीत रहेर तयार पारिएको प्रष्टाउँछ । सहरबाट अध्यापनका लागि गाउँ पुगेका एक शिक्षक, जो मातृभाषा र पालाम बुझ्दैनन् । तिनै शिक्षित युवा र गाउँबस्तीमा हुर्केकी अनपढ तर मातृभाषा र मौलिक संस्कुतिप्रति जागरुक युवतीबिचको प्रेम र संघर्षलाई ‘युक्पुङ’मा कथानक रुपमा प्रस्तुत गरिएको छ ।

बिष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको यस चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेन लगायतले अभिनय रहेको छ ।

नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा ९सियेम०, इन्दु लावती र ममता यक्सोको निर्माण रहेको चलचित्र ‘युक्पुङ’मा रविन्द्र बरालको छायाँकन, राजु घिमिरेको मुख्य–सहायक निर्देशन र तारा शर्माको शृँगार रहेको छ ।

Comments