‘सुगुप’काे कथा के हो ? किन रुचाइँदैछ ?
screennepal
प्रकाशित: २०८०, ९ फाल्गुन बुधबार
no img

काठमाडौं । हङकङमा भव्य प्रिमियर शोपछि लिम्बू सांस्कृतिकमूलक चलचित्र ‘सुगुप’ अब देशविदेशमा प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई हङकङमा रुचाइएको छ ।

चोकफुङ ईन्टरटेनमेन्ट प्रालिको ब्यानरमा रबिनकुमार नाल्बोद्वारा प्रस्तुत ‘सुगुप’ अब संसारभरै प्रदर्शनमा जाने निर्माणपक्षले जनाएको हो । लिम्बू समुदायमा सुत्केरी महिलाको मृत्युपछि गरिने अन्तिम संस्कारलाई आधार बनाएर चलचित्र ‘सुगुप’ तयार गरिएको हो ।

चलचित्रमा यो विषय नयाँ भएकाले पनि रुचाइएको निर्माणपक्षको भनाइ छ । ‘यहाँ थुप्रै लिम्बू कला र संस्कृतिमा चलचित्र बनिरहेका छन् । तर, सुगुपको कथालाई लिएर पहिलोपटक चलचित्र बनाइएको हो । यस चलचित्रको निर्देशन लोकेन साँवाले गरेका हुन् भने पटकथा देबेन्द्र खापुङले लेखेका हुन् ।

हङकङका युवा ब्यावसायी एवं समाजसेवी रबिनकुमार नाल्बो प्रमुख निर्माता रहेको ‘सुगुप’मा दिलमाया लाबुङ नाल्बो र सैलेन्द्रकुमार नाल्बो निर्माता रहेका छन् भने एलपी साँवा, मनिषा नाल्बो, श्रीप्रसाद माबो र रामप्रसाद पन्धाक सहनिर्माता रहेका छन् ।
‘सुगुप’ गत १० फेब्रुअरीमा हङकङको गोल्डेन हार्वेस्ट वाम्पो सिनेमा हलमा पहिलो प्रिमियर शो गरिएको थियो । जहाँ उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो । निर्माणपक्षका अनुसार अब ‘सुगुप’को काठमाडौंमा पनि यहि फागुन १२ र १७ गते प्रिमियर हुँदैछ ।

यस्तै, धरानमा फागुन १९–२५ गते, बराह क्षेत्र चक्रगत्ती फागुन १९ गते, पथरी फागुन २५ र २६ गते, इटहरी फागुन २८ गते, बिराटनगर फागुन २८ गते र दमकमा चैत ३ गते प्रिमियर शो हँुदैछ ।

नेपाल र भारतको विभिन्न ठाउँमा छाँयाङकन गरिएको ‘सुगुप’मा वरिष्ठ अभिनेता प्रेम सुब्बा, लिम्बू समुदायका चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको छ ।

साथै चलचित्रमा यासेली योङहाङ, सुम्निमा खापुङ, डम्बरकुमारी पयाङगो, नीता लिम्बू, पन्ना आङ्बो, योमन सोदेम्बा, तिर्थ मादेम्बा, सैलेन्द्र नाल्बो, रुकमान लिम्बू, मनकुमार योङहाङ, रबिनकुमार नाल्बो, उदय बेघा,य ुवराज इस्बो, ईन्द्रा पन्धाक र लिला सेलिङ माबोको पनि अभिनय देख्न पाइन्छ ।

यस चलचित्रमा युवराज राईको छायाँकन, बिपिन मल्लको सम्पादन, अशोक राईको संगीत, कमल राईको नृत्य र किसोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको छ ।

Comments