नाटक अवान्तर : रंगमञ्चको शालिन क्रान्ति
screennepal
प्रकाशित: २०७३, २७ जेष्ठ बिहीबार
no img

– भोला अधिकारी

काठमाडौं । नाटक क्षेत्रमा क्रियाशील रंगकर्मी राम केसीद्धारा लिखित तथा निर्देशित नाटक ‘अवान्तर’ थिएटर मलमा मञ्चन भइरहेको छ । जेष्ठ २० गतेबाट शुरु भएको सो नाटक ३२ गतेसम्म चल्ने छ ।
रंगमञ्चमा महत्वपूर्ण विषयलाई उठान गरेर रंगकर्मीलाई नजिकबाट नियाल्ने एउटा वातावरण नाटकले बनाएको छ । ‘अवान्तर’ रंगकर्ममा संघर्षरत एक युवाको कथा हो । रंगकर्म वास्तवमै सजिलो छैन । तर, यो कठिन हो ? या कठिन बनाइएको हो ? यि यस्तै खोजको सुरुवात हो, नाटक अवान्तर । नाटकलाई प्रत्यक्ष संगीतले अझ मजबुत बनाएको छ ।

awantar, drama, screennepal (1)
नाटकमा जितेन्द्र खड्का (सिमन), महावीर विश्वकर्मा, केशव रिजाल, कुमार सिम्खडा, एना देउजा, अमृता खनाल, भीष्म जोशी, नेहा पोखरेल, आर.के. तिमल्सिना, परिक्षित बिक्रम राणा, इस्टु कार्की र शंकर भण्डारीको निकै प्रशंसायोग्य अभिनय रहेको छ । जुन चिज गर्नका लागि घरपरिवार, समाजसँग विद्रोह गरिन्छ, यदि त्यही चिजमाथि बन्देज लाग्यो या नगर्न परिबन्धमा पारियो भने तपाईं के गर्नुहुन्छ ? यस्तै विषम परिस्थितिमाथि प्रश्न प्रतिप्रश्नको उत्तर खोज्दै थिए ध्रुव (जितेन्द्र खड्का ‘सिमन’) नाटक ‘अवान्तर’मार्फत् ।
पटक–पटक आप्mना रहर र सपनाहरुको आहुति दिएर रंगकर्म गर्न उनले गरेका संघर्षहरुलाई कलात्मक अनि बिम्बात्मक तवरले प्रस्तुत गरेको यस नाटकमा हरेक क्षेत्रमा मौलाउँदै गएको भ्रष्ट मानसिकतामाथि शालिन ढंगले चोटिलो व्यंग्य गरिएको छ । घटनाक्रमहरु अघि बढ्दै जाने क्रममा नाटककै अर्को एक पात्र सञ्जिव, इमान्दार पात्रमाथि भएको षड्यन्त्र र विश्वासघातबबाट आजित भएर एकदिन आप्mनो श्रीमति वर्षा (नेहा पोखरेल)लाई मर्माहत हुँदै भन्छ, ‘इमान्दारी, मान्छेको ठूलो दुश्मन हो । यसले भ्रमका देउताहरु सामु आप्mनै बलि माग्छ ।’

awantar, drama, screennepal (2)
यस नाटकमा नेपाली रंगमञ्चमा रंगकर्मीहरुले भोग्नुपरेको साझा समस्याहरु र पिर व्यथाहरुलाई मूलधारमा उनेर इतिहासका इमान्दार पात्रहरुको इतिहासलाई निकै रोचक ढंगले प्रस्तुत गरेका छन् निर्देशक केसीले । इतिहासका पानाहरु प्रायः कसै न कसैको सपनाहरु कुल्चेर, भत्काएर, रेटेर खडा भएको हुन्छ, इतिहासका ठेलीहरु पल्टाएर हेर्ने हो भने पनि प्रष्ट देखिन्छन् । इतिहासमा त्यस्ता थुप्रै पात्रहरु छन्, जसले आप्mनो जीवनभर इमान्दारीका साथ कर्म गरे ।
अन्त्यमा, हात लाग्यो शून्य भएर जीवन नै उथलपुथल भएका छन् अर्थात्, सर्वोस्व गुमाउनु परेको छ । तिनै इमान्दार पात्रहरुले एकोहोरो इतिहासमाथि गरेको एउटा साझा अनि शालिन प्रश्न र नयाँ मार्गको सुरुवात यसनाटक रहेको लेखक तथा निर्देशक राम के.ए.सी. बताउँछन् ।

Comments