बरिष्ठ संगीतकार गुरुङको महाप्रस्थान (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २५ जेष्ठ मंगलवार
no img

काठमाडौं । बरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको योगदानको कदर गर्दै राष्ट्रिय सम्मान दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेलको बताए । गुरुङको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । स्वर्गीय गुरुङलाई नेपाल प्रहरी र सैनिक टुकडीले सलामी दिए ।

IMG_6879
गुरुङको उपचारकै क्रममा मंगलबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको थियो । गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ११ बजेदेखि ३ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
स्वर्गीय गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाल सरकारका मन्त्रीहरु, कलाकार, साहित्यकार, चित्रकारलगायत सर्वसाधारणको बाक्लो उपस्थिति थियो । कमलादीबाट शव यात्रा पुतली सडक, कृष्ण पाउरोटी, कमल पोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको थियो ।

IMG_6889
श्रद्धाञ्जली दिन प्रज्ञा परिसर पुगेका नेता तथा कलाकारले संगीतकार गुरुङको निधनले नेपाली सांगीतिक क्षेत्रले मात्र नभई राज्यले नै एउटा तारा गुमाएको धारणा राखेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय गुरुङलाई ‘सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने’ ताराको संज्ञा दिए । गुरुङको निधनमा शोक सन्देश व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ‘नौलाख तारा उदाए’ गीतमा भरेको संगीतबाट स्वर्गीय गुरुङ स्वदेशमा मात्रै नभई विदेशमा पनि चर्चाको केन्द्रमा पुगेको बताएका छन् ।

IMG_6870
प्रधानमन्त्री ओलीले गुरुङलाई सांगीतिक आकाशका उज्ज्वल तारा, नेपाली सुगम संगीतलाई समृद्ध बनाउने अभियन्ता भएको बताए । उनले भने, ‘राष्ट्र गानका संगीतकारसमेत रहेका गुरुङको निधनले मलाईं स्तब्ध तुल्याएको छ ।’
सन् १९३८ फेब्रुअरी २६ मा भारतको दार्जिलिङमा जन्मिएका अम्बरको पुख्र्यौली घर गोरखा जिल्लाको रिसिङ हो । नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपतिसमेत रहेका गुरुङ बि.स २०५२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको निर्देशक रहेका थिए ।
‘नौ लाख तारा उदाए’ बोलको गीतबाट नेपाली संगीतमा पाइला टेकेका अम्बरले ‘अक्षरका आवाजहरू’, ‘कहाँ गए ती दिनहरू’, ‘कहिले लहर कहिले तरंग’ र ‘सम्हालेर राख’ लगायतका कृति नेपाली संगीत क्षेत्रलाई दिएका छन् ।

IMG_6877
पाँच दशक संगीतको साधनामै बिताएका अम्बरले नेपाली कला र संस्कृतिको उत्थानमा पु¥याएको योगदान स्वरुप २०५४ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो । त्यस्तै २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कारलगायतका सम्मानद्वारा सम्मानीत भएका थिए ।

IMG_6859
स्वर्गीय गुरुङका ‘नौ लाख तारा उदाए’, ‘उकाली चढ्दा’, ‘जंगी निशान हाम्रो’, ‘जीन्दगीका के कुरा’, ‘म दूर भएर के भो र…’ जस्ता दर्जनौ लोकप्रिय र कालजयी गीतहरु छन् ।  तस्बिर : शुक्र तुम्रोक

Comments