‘नेपाल संगीत तथा नाट्य पुरस्कार’ घोषणा
screennepal
प्रकाशित: २०७३, १० बैशाख शुक्रबार
no img

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो छैटौं वार्षिक उत्सवको अबसर पारेर यस वर्षको विभिन्न विधाका ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ को घोषणा गरेको छ । प्रतिष्ठानको प्राज्ञ परिषदको बैठकले सो पुरस्कारको निर्णय गरेको हो । पुरस्कारको राशी एक लाख एक रुपैयाँ र ताम्रपत्र रहेको कुलपति भक्त श्रेष्ठ सरुभक्तले जानकारी गराए ।

Sixth Anniversary

कुलपति सरुभक्तका अनुसार नाट्य तथा अभिनय तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ नाटक अभिनय, मञ्चन, निर्देशनमा लामो समयदेखि योगदान पु¥याए बापत अग्रज कलाकार शकुन्तला गुरुङलाई प्रदान गरिने भएको छ । यस्तै नाट्य लेखन निर्देशन तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ मैथिली नाटकको लेखन, मञ्चन, प्रवद्र्धनमा निरन्तर योगदान पु¥याए बापत नाट्यकर्मी महेन्द्र मलंगीयालाई प्रदान गरिने छ । बाद्यबादन तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ बाद्यबादन क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएबापत बाद्यबादक गोपालनाथ योगीलाई प्रदान गरिने भएको छ ।
लोक संस्कृति तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ लामो समयदेखि लोक गीत सङ्गीतको अनुसन्धान, संकलन, संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याए बापत प्रचण्ड बहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।
कुलपति सरुभक्तले छैटौं वार्षिक उत्सबलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानको आधार भौतिक पक्ष र कर्मचारीतन्त्र भएकाले मन्त्रालयसँग सहयोग लिएर यस प्रज्ञा प्रतिष्ठानको भवन यथासक्य चाँडो निर्माण गर्ने बताउनु भयो । यस्तै प्रतिष्ठानको कर्मचारीलाई स्थायी गर्ने कार्य भईरहेको पनि उहाँले जानकारी गराउनु भयो ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले यस प्रतिष्ठानको भवन निर्माणका लागि सरकारबाट १५ रोपनी जग्गा प्राप्त भएकाले सो जग्गा सम्बन्धी बिवाद मिलाएर अघि बढ्ने बताउनु भयो । तीन ओटै प्रज्ञा प्रतिष्ठान माथि उठ्नु पर्ने धारण राख्दै एकले अर्कालाई सघाउनु पर्ने पनि उहाँले बताउनु भयो । श्रव्यदृश्य विभागले अग्रज श्रष्टाहरुको वायोग्राफि निर्माण गरिरहेको वताउनु भयो ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब गणेश रसिकले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक वर्ष भित्र गरेको कार्यक्रमबारे जानकारी गराउनु भयो । प्रस्तुति, प्रवद्र्धन, संरक्षणसँगै अनुसन्धानका काम पनि प्रतिष्ठानबाट भईरहेको उहाँले बताउनु भयो ।
प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य माधव प्रधानले यस पटक प्रज्ञा प्रतिष्ठान मोफसलमा केन्द्रित भई जिल्ला जिल्लामा पुगेर स्थानीय लोक नाट्य कला, सङ्गीतको संरक्षण प्रवद्र्धनमा बढी सक्रिय भएको जानकारी गराउनु भयो ।
यस्तै प्राज्ञ सभाका तर्फबाट प्राज्ञ सभा सदस्य पूर्ण नेपालीले प्रतिष्ठानद्वारा अनुसन्धान मुलक कामलाई बढी प्राथमिकता दिनु पर्ने धारणा राख्दै अबका दिनमा अझ धेरै काम गर्नु पर्ने सुझाब दिनु भयो ।
संस्कृति पर्यटन तथा नाटगरिक उड्यान मन्त्रालयकका सह–सचिब एवं संस्कृति विभाग प्रमुख भरतमणि सुवेदीले गत बैशाखको भूकम्पपछि यस प्रतिष्ठानले गाउँ गाउँ पुगेर सर्वसाधारणमा भूकम्पका त्रास भगाउन मुलुकका दुइसय भन्दा बढी ठाउँमा गरेको साङ्गीतिक एवम् नाट्य थेरापी कार्यक्रम सराहनीय भएको छ भन्नु भयो । यो नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निकै सक्रिय रहेकाले यसका लागि बजेट बढाउन आफुले पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

Comments