ऐतिहासिक धरोहर संरक्षणमा विज्ञहरुको जोड
screennepal
प्रकाशित: २०७२, १७ माघ आईतवार
no img

काठमाडौं । नेपाली परम्परागत कलाको प्रवद्र्धन भएमा नेपालीको धार्मिक परम्परा, संस्कार संस्कृति, ऐतिहासिक धरोहरको संरक्षण गर्न सकिने विभिन्न कलासम्वद्ध विज्ञहरूले जोड दिएका छन् । नेपाली परम्परागत कलाः हाम्रो दायित्व र भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागी कलाविज्ञले सो कुरा बताएका हुन् । सामुहिक अन्तरक्रियामा सहभागी हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कला र कला सर्जककाबारे अब पाठ्यक्रममार्फत जानकारी दिन ढिला भइसकेको बताइन् । उत्कृष्ट कला संग्रहालय र अवलोकन स्थल बनाउन सके नेपाली कलाले नेपालमै प्रश्रय पाउने उनको दावी थियो ।

paubha 111
कार्यक्रममा ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले परम्परागत कलाको संरक्षण, प्रवद्र्धनका लागि आर्काइभको तत्काल खाँचो औल्याए । कलाकारलाई बर्गिकरण गर्ने र पम्परागत कलाकारको सहि पहिचान र व्यवस्थापनका लागि आचारसंहिता जरुरी रहेको खनालले बताए । कलालाई आमजनतामा पु¥याउन कला लेखन र पत्रकारिताको महत्वपूर्ण भुमिका हुने उल्लेख गर्दै उनले कलाकारले कलाका बारेमा सहि र सान्दर्भिक सुचना दिन सक्नुपर्नेमा जोड दिए ।
सुमेरू कला ग्रामद्वारा शनिबार पाटन संग्राहलय परिसरमा आयोजित कार्यक्रममा नेपालीले पुर्खाको विरासतका रूपमा परम्परागत कलामार्फत प्राप्त गरेको संस्कार, संस्कृतिलाई यत्तिबेला जोगाउने र भविष्यका पिढींलाई कसरी सुम्पने भन्ने चिन्ता दिनदिनै थपिएको वरिष्ठ पौभा कलाकार लोकचित्रकार बताए । उनले परम्परागत कलालाई अध्ययन, सिकाईको माध्यमबाट विद्यालय र विश्वविद्यालयस्तरीय तहबाट लान सकिएन भने लोप हुनबाट जोगाउन नसकिने र संस्कार लोप भएपछि पुनजागरण गर्न नसकिने पाटोतर्फ बेलैमा सचेत हुनुपर्ने खाँचो औल्याए । उनले विद्यालयमा अध्ययनरत छात्रछात्रा नै भोलिका कर्णाधार भएकाले उनीहरू नै यसबारे जानकार भए कला र सर्जक प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने बताए ।
कलाग्रामका अध्यक्ष राजकुमार शाक्यले कलाकारमा विषयगत दक्षता हुनुपर्ने, उसमा इन्जिनियरिङ, व्यवस्थापन, प्रविधिलगायत दस गुणको विकासको साधनामार्फत मात्र हासिल गर्न सकिने बताए । सो अवसरमा नेपाल हस्तकला महासंघ अध्यक्ष धर्मराज शाक्यलगायतले कलाको संरक्षणको दायित्व राज्य, व्यक्ति, कलाकार स्वयमंलगायत कला क्रेतासम्मको हुने बताए । रोयल्टीका कुरा उठाउँदै वक्ताले अगामी दिनमा कुनै पनि कलाकारको सृजना रोयल्टी तिरेर मात्र मुद्रण वा प्रकाशन गर्नु पर्ने धारणा राखेका थिए ।
चीन, जर्मनीलगायतका स्थानमा नेपाल पेभिलियन बनाउने अमृत शाक्यले आफ्नो कामले पुरस्कृत हुने अवसर नेपाली कलाकार र कालिगढकै सहयोगले मात्र सम्भव भएको कुरा व्यक्त गर्दै नेपाली परम्परागत कलालाई सन्तान दर सन्तान पु¥याउन सिकाईलाई जोड दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण सम्पदा अभियन्ता अनिल चित्रकारले गरेका थिए ।

Comments