भगवान चाम्लिङ : गायक र नेता दुवै (कुराकानी)
screennepal
प्रकाशित: २०७२, ३ पुष शुक्रबार
no img

– एमपी सुब्बा

 ‘नाकाबन्दी भारतले गरेको होइन, हामीले गरेका हौं’, चाम्लिङले भने, ‘सरकारले हामीमाथि दमन गर्न थालेपछि नाकाबन्दी गरेका हौं ।’ उनले सरकारले जनताको माग सम्बोधन ग-यो भने हाल जारी नाकाबन्दी चाँडै खुल्ने पनि बताए । सिमांकन र नामांकन आफूहरुको मुख्य मुद्दा भएको बताउँदै चाम्लिङले भने, ‘१० पदेश हामीहरुको बटमलाइन हो किनकि, १० पदेशभन्दा तल झ-यो भने पहिचानको मुद्दा नै समेटदैन ।’

bhagawanकाठमाडौं । आफूलाई गायक भन्ने कि नेता ? भगवान चाम्लिङ झट्टै उत्तर दिन सक्दैनन्, । नेता भनुँ गायनमै तीन दशक बिताइसकेका छन् अनि गायकका रुपमा मात्रै चिनाउनु  भएन किनकि, उनी केन्द्रीययस्तरको राजनीतिमा सक्रिय छन् । दोहोरो परिचय भइदिँदा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य चाम्लिङलाई यस्तै दोमन भएको छ । तर, उनी भन्छन्, ‘मेरो बढी चासो त राजनीतिमै छ । यसो भनेर गायनलाई चासो नदिएको चाहिँ होइन । मैले गाएरै तीन दशक बिताइसकेँ । त्यसैले म आफूलाई पहिचानवादी नेता तथा गायक भन्न रुचाउँछु ।’
हाइस्कुल लेवलदेखि गायनमा लागेका चाम्लिङले विद्यार्थी जीवनमा कम्युनिष्ट राजनीति गरेका थिए । त्यतिखेरको समयलाई स्मरण गर्दै नेता तथा गायक चाम्लिङले भने, ‘मेची बहुमुखी क्याम्पसमा अध्ययन गर्दा कम्युनिष्ट राजनीतिक गरिन्थ्यो । तर, पछि राप्रपामा लागियो । अहिलेचाहिँ संघीय समाजवादी फोरम नेपालमा रहेर पहिचानवादी राजनीति गर्दै आएको छु ।’ बिद्यार्थीकालदेखि नै  प्रगतिशील गीतहरु गाउन थालेको बताउँदै उनले भने, ‘मेरो अधिकांश गीत पगतिशील नै छन् ।’ पछिल्लो समय चाम्लिङले ‘परिवर्तनका स्वरहरु’ नामक गीति एल्बम ल्याएका छन् । जसमा सबै गीत पहिचानवादी र प्रगतिशील रहेको उनले बताए ।

हाइस्कुल लेवलदेखि गायनमा लागेका चाम्लिङले विद्यार्थी जीवनमा कम्युनिष्ट राजनीति गरेका थिए । त्यतिखेरको समयलाई स्मरण गर्दै नेता तथा गायक चाम्लिङले भने, ‘मेची बहुमुखी क्याम्पसमा अध्ययन गर्दा कम्युनिष्ट राजनीतिक गरिन्थ्यो । तर, पछि राप्रपामा लागियो । अहिलेचाहिँ संघीय समाजवादी फोरम नेपालमा रहेर पहिचानवादी राजनीति गर्दै आएको छु ।’ बिद्यार्थीकालदेखि नै  प्रगतिशील गीतहरु गाउन थालेको बताउँदै उनले भने, ‘मेरो अधिकांश गीत पगतिशील नै छन् ।’ पछिल्लो समय चाम्लिङले ‘परिवर्तनका स्वरहरु’ नामक गीति एल्बम ल्याएका छन् ।

सन् १९६० मा हङकङमा जन्मेर नेपालमा गायकी क्षेत्र अँगालेका चाम्लिङले आफनो कर्मथलो भने बेलायतलाई बनाउँदै आएका छन् । तर, आफनो राजनीति गतिविधि र गायनले गर्दा नेपाल आइरहने उनले बताए । साहित्य लेखनमा समेत कलम चलाउँदै आएका चाम्लिङ गायनसँगै गीति लेखन र संगीत पनि गर्छन् । तर, उनी आपूmलाई गायककै रुपमा चिनाउन चाहन्छन् । चाम्लिङका दर्जनौ गीत चर्चित छन् । के पो लाग्यो दसारीलाई, भन्देउ है सन्देश लानेलाई, कोशीको गर्तिर घुम्ती छ जस्ता गीतहरु श्रोताले निकै रुचाएका छन् । ५० को हाराहारी गीत गाइसकेका चाम्लिङले पहिचानवादी राजनीति गर्दाखेरी धेरै कुरा सिक्न पाएको बताए । संगीतमा लागेर पैसा मात्र गुमाएको बताउँदै उनले भने, ‘तर, राजनीतिले भने मलाई धेरै कुरा सिकाएको छ । त्यसमा पनि जातीय राजनीति गरेर धेरै कुरा सिक्न पाएको छ ।’
हाल संघीय समाजवादीमा रहेर जातीय तथा पहिचानवादी राजनीति गर्दै आएका चाम्लिङले भने, ‘अहिलेको सरकारको शक्तिशाली प्रतिपक्षको भूमिका नै हामीले खेलेका छौं ।’ उनले नेपालमा भारतले नभएर आफूहरुले नाकाबन्दी गरेको समेत दावी गरे । ‘नाकाबन्दी भारतले गरेको होइन, हामीले गरेका हौं’, चाम्लिङले भने, ‘सरकारले हामीमाथि दमन गर्न थालेपछि नाकाबन्दी गरेका हौं ।’ उनले सरकारले जनताको माग सम्बोधन ग¥यो भने हाल जारी नाकाबन्दी चाँडै खुल्ने पनि बताए । सिमांकन र नामांकन आफूहरुको मुख्य मुद्दा भएको बताउँदै चाम्लिङले भने, ‘१० पदेश हामीहरुको बटमलाइन हो किनकि, १० पदेशभन्दा तल झ-यो भने पहिचानको मुद्दा नै समेटदैन ।’ चाम्लिङले अहिले आफू राजनीतिमा सक्रिय रहेपनि गायनलाई पनि समय दिँदै आएको बताए ।

Comments