खगेन्द्रको सांगीतिक दोस्रो गन्तव्य
screennepal
प्रकाशित: २०७२, ९ आश्विन शनिबार
no img

काठमाडौं । पुर्वेली लोकगायनका ‘मेलोडी किङ’ गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बुले दोस्रो गन्तव्य टेकेका छन् अर्थात् उनले आफ्नो आधुनिक एल्बम ‘गन्तव्य–२’ सार्वजनिक गरेका छन् । खगेन्द्रको एकल शब्द तथा संगीत रहेको ‘गन्तव्य–२’ दीपक लिम्बुको एकल स्वर सुन्न सकिन्छ । पुर्वेली लोकगायनमा पृथक पहिचान बनाएका गायक खगेन्द्रले संगीत गरेको यो दोस्रो आधुनिक गीति एल्बम हो । यसअघि उनले आफ्नो एकल शब्द तथा संगीतमा ‘गन्तव्य’ नामक एल्बम ल्याएका थिए ।  एल्बम ‘गन्तव्य–२’ मा पाँच वटा गीत संग्रहीत छन्, जसमा चार वटा गीतमा खगेन्द्र र एउटा गीतमा पुरन याख्खाको शब्दरचना छ । एल्बममा तिम्रो सम्झनाले, तिमीसँग, तिमीले दिने, केलाङ र बादलपारी बोलका गीत सुन्न सकिन्छ । ती गीतमध्ये ‘बादलपारी’ बोलको गीतको रचना पुरनले गरेका हुन् ।

khagendra yasko
‘गन्तव्य–२’ आधुनिक गीति एल्बम भए पनि अधिकांश गीतमा खगेन्द्रको पहिचान झल्किन्छ अर्थात् उनले आफ्नो शब्दरचनामा पूर्वेली भाका र माटोको गन्ध मिसाएका छन् । ‘मागेनी मेला’, र ‘खोरुङ्गा खोला’जस्ता चर्चित गीतका गायक तथा संकलक खगेन्द्रले ‘गन्तव्य–२’ का केही गीत पनि आफ्नो शैली प्रयोग गरेका छन् । पुर्वेली परिवेश र लबजमा गीत सिर्जन गर्न खप्पिस खगेन्द्रले ‘गन्तव्य–२’ मा समेटिएका गीतमध्ये ‘तिम्रो सम्झनाले’ र ‘केलाङ’ बोलमा पुर्वकै गाउँठाउँ, परिवेश तथा विशेषगरी लिम्बु संस्कृतिलाई उजागर गरेका छन् । उनले गीतमा मुन्धुमको कुरा समेत गरेका छन् । शब्द शिल्पीमा दीपकको स्वरले ‘सुनमा सगन्ध’ थपिएको छ । यस एल्बमको गीतमार्फत खगेन्द्र आफूलाई आधुनिक गीति रचना तथा संगीतमा पनि लोकगायनमै जस्तै अब्बल देखाएका छन् ।

12059901_1500455126913952_1357561060_o
हुन त उनको ‘गन्तव्य’ का गीतहरु पनि श्रोताले अत्याधिक रुचाएका थिए । ०६७ तिर सार्वजनिक भएको उक्त एल्बमका सिन्दर भर्नु त एउटा कुरा, तालमा डुंगा, हारजीत, यो दुःखीको र हिमालजस्तै बोलका गीत श्रोताको ढुकढुकी बनेको थियो । यी गीतमा क्रमशः कुसल थलङ, जगदीश समाल, योगिता मोक्तान, सञ्जय तुम्रोक र सुस्मा लिम्बुले स्वर दिएका थिए ।
‘गन्तव्य–२’ रिलिजसँगै उनी ‘गन्तव्य–३’ ल्याउने तयारीमा जुटेका छन् । ‘गन्तव्य–३ का लागि सबै गीत तयार भइसकेका छन्’ खग्रेन्द्रले भने, ‘तर यस एल्बममा भने पहिलोजस्तै विभिन्न गायकको कलेक्शन हुनेछ ।’ आफ्नो पहिचान पुर्वेली लोकगायनसँगै आधुनिक गीत लेखन र संगीतलाई पनि सँगसँगै अगाडि बढाउने खग्रेन्द्रले सनाए । ०६० सालदेखि युमा क्यासेट कम्पनीमा सञ्चालन गर्दै आएका उनले भने, ‘लोकगायनमा त पहिचान बनाएँ, अब संगीतकारका रुपमा चिनिनु छ ।’

Comments