कला भन्छिन्, ‘जीन्दगी भनेकै संघर्ष रहेछ’
screennepal
प्रकाशित: २०७२, ८ आश्विन शुक्रबार
no img

एमपी सुब्बा

काठमाडौं । कला सुब्बा । आरजे/भिजे तथा मोडलिङ क्षेत्रको यो चर्चित नाम हो । कलालाई नसुन्ने र नचिन्ने श्रोता/दर्शक यहाँ कमै होलान् । मोडलिङ दुनियाँमा दुई दशकभन्दा बढी समय ब्यथित गरिसकेकी कलाको कला भनेकै संघर्ष र मिहिनेत हो । आज त्यही धैर्यता र मिहिनेतले निरन्तर कलापथमा टिकाउँदै आएकी कला भन्छिन्, ‘जीन्दगीमा न सिकेर सकिन्छ, न त संघर्ष गरेरै थाकिन्छ ।’ कला क्षेत्रमा लामो समय टिक्न सक्नु आफैमा एउटा सफलता हो । यस सन्दर्भमा भन्ने हो भने कलाले निरन्तर आरजे तथा मोडलिङ दुनियाँ सफलताको स्वाद चाख्दै आएकी छन् । हिट्स एफएमको स्थापनाकालदेखि नै आरजेका रुपमा प्रवेश गरेकी उनी अहिले पनि त्यही छिन् । दुई दशकसम्म एउटै रेडियोमा बोलिरहँदा कति श्रोताले कलाको कला सुने होलान् ? यसको जवाफ सायद उनैसँग पनि छैन । अर्कोतिर, आक्कलझक्कल झुल्किँदै हराउने दुनियाँ भनिएका मोडलिङको निरन्तरता त छदैछ । कला भन्छिन्, ‘सायद यति धेरै समय एउटै पेसा र क्षेत्रमा टिकिरहने कमै होलान् । तर, म एउटै क्षेत्रमा यतिका वर्ष संघर्ष गर्दै आएको भए पनि थाकेकी छैन । आखिर जीन्दगी भनेकै संघर्ष रहेछ ।’

10616266_435234903281232_1371380996232586030_n
भनिन्छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय’ कलाको सन्दर्भमा यो भनाइ ठ्याकै मेल खान्छ । सन् १९९६ मा ‘मिस नेपाल’ मा पार्टिसिपेन्ट भएपछि मोडलिङ क्षेत्र अँगालेकी कला भन्छिन्, ‘यस क्षेत्रमा लाग्नुअघि नै आरजे–भिजे थिएँ । मोडलिङप्रति सानैदेखि रहर र इच्छा भएकाले अँगालेकी हुँ ।’ आफ्नो इच्छा र रहरकै कारणले उनी आजसम्म एक कदम पछाडि नफर्की निरन्तर मिहिनेत र संघर्ष गरिरहेकी छिन् । संघर्ष र मिहिनेतअनुसार उनले नाम र पहिचान पनि कमाएकी छन् । त्यसैले त उनी भन्छिन्, ‘जीन्दगीमा न सिकेर सिकेर जानिन्छ, न त संघर्ष गरेरै सकिन्छ । यतिका वर्ष संघर्ष गरेर पनि थाकेकी छैन । मैले अझै धेरै गर्न बाँकी छ ।’
आफूलाई चर्चित कोरियोग्राफरका रुपमा चिनाउन सफल कलाले सन् सन् १९९६ मा ‘मिस नेपाल’ मा ‘मिस ट्यालेन्ट’ उपाधि पाएकी थिइन् । त्यो आफ्नो ट्यालेन्सीलाई उनले अहिलेसम्म पनि जस्ताको तस्तै जोगाएकी छन् अर्थात् अहिले पनि उनी ‘मिस ट्यालेन्ट’ नै छिन् । डली गुरुङ, सिवानीसिंह थारु, क्षितिजा शाक्यजस्ता उनका समकक्षी मोडलहरु घरबार बसाएर थन्किसकेका छन् । तर, कला भने ‘अझै धेरै गर्नु छ’ भन्दै संघर्षरत छिन् । कलाको मोडलिङ करिअरको सुरुवात पनि गजबकै छ । जतिखेर उनले मोडलिङ सुरु गर्दैथिइन, त्यो समयमा नेपालमा मोडलिङ भन्ने शब्दले समेत स्थान पाएको थिएन ।

12042281_581774895293898_1392892839_n
सन् १९९५÷९६ तिर नेपाली समाजमा मोडलिङ भन्ने पनि पेसा हुन्छ र ? भन्ने मानसिकता थियो । तर, यसैबेला कलाले द -याम्प मोडलिङ एजेन्सीमार्फत मोडलिङ अँगालेकी हुन् । द -याम्प नेपालको पहिलो मोडलिङ एजेन्सी पनि हो । यो एजेन्सी जतिखरे राजधानीमा स्थापना भएको थियो, त्योबेला हलिउड र बलिउडमा भने मोडलिङको चकचकी थियो । कला भन्छिन्, ‘मैले मोडलिङ अँगालेको पनि बलिउड र हलिउडबाटै प्रभावित भएर हो ।’ कलाले मोडलिङ अँगालेको उक्त समयमा अहिलेजस्तो म्युजिक भिडियो बन्दैनथ्यो । फाट्टफुट्ट विज्ञापन निर्माण हुने गर्दथ्यो । मोडलले प्रतिभा देखाउने एउटै माध्यम थियो, -याम्प मोडलिङ अर्थात् स्टेजमा क्याटवाक गर्नु । त्यसैले आफूले पनि ¥याम्प मोडलिङलाई निरन्तरता दिएको बला बताउँछिन् । ‘फिल्ममा खेल्न अफर नआएको त होइन’ उनले भनिन्, ‘तर, मेरो रुचि मोडलिङ र आरजे–भिजेमै भएकाले अभिनयतिर लागिनँ ।’ कला यतिसम्म मोडलिङमा मोहित बनिन् कि उनलाई हङकङ आईडीले समेत लोभ्याएन । पुर्खौली ताप्लेजुङकी कला हङकङमा जन्मेर धरानमा हुर्केकी हुन् । लाहुरी परिवारकी कलासँग हङकङको आईडी छ । तैपनि उनी काठमाडौमै बसेर मोडलिङ क्षेत्रलाई कर्म बनाउँदै आएकी छन् । उनी भन्छिन्, ‘म हङकङमै बस्न पनि सक्छु । तर, मोडलिङमै धेरै गर्नुछ ।’ उनले आफ्नो हङकङ आईडी धेरैले किन्न मागेको समेत बताइन् ।
कला हिजोआज पनि कला क्षेत्रमै व्यस्त छिन् । फरक यति हो, अहिले आफू कम र अरुलाई धेरै -याम्पमा उतार्छिन् । यतिखेर ‘मिसेस मंगोल’ नामक सौन्दर्य प्रतियोगिताको प्रतियोगीहरुलाई गु्रमिङ क्लास दिँदै आएकी कला भन्छिन्, ‘यो प्रतियोगिता मंगोलियन गृहीणीहरुका लागि गरिएको हो । अहिले उनीहरुलाई व्यक्तित्व विकासबारे गुमिङ कक्षा लिँदै आएकी छु । ‘मिसेस् मंगोल–२०१५’ मा १६ जना स्पर्धी छन् ।

Comments