पूर्वमिस वल्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन केही दिन यता कान्समा छिन्, जहाँ उनले इन्टरनेशनल फिल्म फेस्टिवलमा उपस्थित जनाइरहेकी छन् । आइतबार उनी यस वर्ष पहिलोपटक फेस्टिवलको रेड कारपेटमा देखिइन् । जतिखेर ऐशले ग्रीन गाउन लगाएकी थिइन् । रेड कारपेटमा देखिनुअघि उनले दर्शकलाई फ्लाइङ किस गरेर अभिवादन गरेकी थिइन् । बलिउडकर्मीको ठूलो जमघट रहेको सो फेस्टिवलमा ऐश निकै खुलेकी छन् । उनी सेल्फी मूडमा समेत देखिइन् । १३ मेबाट सुरु भएको फेस्टिवल २४ मेमा सकिँदै छ ।