काठमाडौं । बेलायतको लोकप्रिय टेलिभिजन रियालिटी शो ‘ब्रिटेन्स गट् ट्यालेन्ट’को फिनालेमा ८ वर्षीया नेपालीभाषी बालिका विनिता क्षेत्री प्रवेश गरेकी छन् ।
बेलायतको समयानुसार आउने शनिबार साँझ ७ बजे ग्राण्ड फिनाले हुँदैछ । सेमीफाइनलमा प्राप्त पब्लिक भोट र सानदार प्रस्तुतिसँगै उनी फिनालेमा प्रवेश गरेकी हुन् ।
अडिसनको बेला शोको चारै जर्ज उभिएर सम्मान व्यक्त गरेका थिए । कन्टेम्पोररी र एक्रोब्याटिक शैलीमा नृत्य प्रस्तुति दिएकी उनले लचकदार शरिरमार्फत जसरी प्रस्तुति दिइन्, प्रस्तुतिमा चारै जजले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
‘ब्रिटेन्स गट ट्यालेन्ट मेरो सपनाको मञ्च हो र म जित्न चाहन्छु’ प्रस्तुति दिनुअघि शोमा आउनुको कारणबारे जर्जले उनलाई सोधेका प्रश्नमा उनको जवाफ थियो, ‘यो जितेपछि म प्रिन्स र प्रिन्सेस बस्ने घर किन्न चाहन्छु ।’
उनको यो बालसुलभ जवाफलाई समेत निकै रुचाइयो । भारतको पूर्वोत्तर राज्य आसामकी विनिता बुवासँगै यतिबेला लण्डनमा छिन् । जादूकार ह्यारी मौल्डिङ, सांगीतिक समूह ‘हियर आवर भ्वाइस’ र नृत्यांगना जस्मिन राइससहित विनिता टपटेन फाइनलिस्ट बनेकी हुन् । विजेताले २ लाख ५० हजार पाउण्ड प्राप्त गर्नेछ ।