प्रभासले किन घटाए ५० करोड पारिश्रमिक ?
screennepal
प्रकाशित: २०८२, २२ जेष्ठ बुधबार
no img

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास आगामी फिल्म ‘द राजा साब’ लाई लिएर यतिखेर चर्चामा छन् । मारूतिको निर्देशन रहेको यो फिल्म ५ डिसेम्बर २०२५ मा रिलिज हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रभासले यस फिल्मको लागि ५० करोड भारू पारिश्रमिक घटाएका छन् । यसअघि उनी १५० करोड भारू लिन्थे । तर, ‘द राजा साब’मा उनले १०० करोड भारू लिएका छन् ।

प्रभासले ‘आदिपुरुष’ फ्लप भएपछि आफ्नो पारिश्रमिक घटाउने निर्णय लिएको भारतीय मिडियाले चर्चा गरेका छन् । तर ‘आदिपुरुष’पछि पृथ्वीराज सुकुमारनको फिल्म ‘सलारः पार्ट १’ले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो । त्यसपछि ‘कल्कि २८९८ एडी’ले पनि विश्वभरबाट लगभग १२०० करोड भारू कमाएको थियो ।

‘द राजा साब’मा प्रभास एक नयाँ स्टाइलमा देखिँदैछन् । यस फिल्ममा उनी रोमान्टिक र सिरियस भूमिकामा देखिनेछन् । फिल्ममा प्रभाससँगै मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमारको अभिनय रहने छ । यो फिल्म तेलुगू, हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ ।

Comments