‘धडक-२’लाई किन १६ ठाउँमा काट्नु पर्‍यो ?
screennepal
प्रकाशित: २०८२, १४ जेष्ठ मंगलवार
no img

काठमाडौं । बलिउड फिल्म ‘धडक–२’लाई सेन्सरले पास गर्नुअघि विभिन्न दृश्यहरु काटिदिएको छ । १६ ठाउँमा काटेपछि करण जोहरको प्रोडक्सन हाउसको फिल्म ‘धडक २’ सेन्सर पास भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको सेन्सर बोर्डले १६ ठाउँमा फिल्म काटेको छ । सेन्सरले फिल्ममा देखाइएको केही हिंसक दृश्य र जातीय संवादप्रति आपत्ति जनाएको छ । १६ ठाउँमा काटेपछि फिल्मलाई युए प्रमाणपत्र दिइएको छ । फिल्मको रन टाइम २ घण्टा २६ मिनेट भएको छ ।

यो फिल्म सन् २०१८ मा रिलिज भएको फिल्म ‘धडक’ को सिक्वेल हो । ‘धडक’बाट जान्हवी कपूर र इशान खट्टरले बलिउडमा डेब्यू गरेका थिए। यो फिल्म सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘सैराट’को हिन्दी रिमेक थियो । फिल्मले १०० करोडभन्दा बढी कमाइ गरेको थियो ।
यसको सिक्वेलमा तृप्ति डिमरी र सिद्धान्त चतुर्वेदीको मुख्य भूमिका छ । फिल्मलाई साजिया इकबालले निर्देशन गरेका हुन् । यो तमिल फिल्म ‘परियेरूम पेरूमल’को रिमेक हो । यो फिल्म ११ जुलाईमा रिलिज हुने बताइएको छ ।

Comments