नेपाली संगीत २०७१ : गहकिलाभन्दा भड्किला हिट
screennepal
प्रकाशित: २०७१, २८ चैत्र शनिबार
no img

indira-joshi-hot-2

प्रविधिको तीव्र विकासले संक्रमणकालीन अवस्थामा पुगेको नेपाली संगीत बजारले यो वर्षदेखि नयाँ मोड लिएको छ । नेपाली संगीत अर्काे इतिहासको चरणको प्रवेश पनि यही वर्षबाट भएको मान्न सकिने प्रशस्त आधार छन् । किनभने, गायक होइन, प्रस्तोताले संगीत बजार कब्जा गर्दै गइरहेका छन् । अबको संगीत बजार सुरिलो स्वरमात्र हुनेको नभई आकर्षक प्रस्तुति पनि पस्किन सक्नेको कब्जामा पुगेको छ । पछिल्लो समय कलाकारका लागि कमाउने एकमात्र आधार रहेको स्टेज शोहरूमा यो वर्ष सुरिलो स्वरको माग न्यून रह्यो । बरु स्वरसँगै आफू प्रस्तुत हुने शैली पनि भड्किलो रहेका गायक÷गायिकालाई फलिफाप भयो । गहकिला धेरै गीत गाउनेभन्दा भड्किला एउटा÷दुइटा गीत गाउनेहरू नै हाबी देखिए । संगीत पूर्ण व्यावसायिक भइसकेको वर्तमान अवस्थामा संगीतको लगाम पनि बजारको हातमा पुगेको छ । नयाँ आउनेलाई अर्को चुनौती थपिएको छ, गायकीसँगै प्रस्तुत हुने शैलीसमेत तिखारेर आउनुपर्ने ।

jyoti-magar-in-japan

स्टुडियो रेकर्डिङमा भ्याइ नभ्याइ गरिरहेका अञ्जु पन्त, मिलन अमात्य, पाश्र्वगायनमा सबैभन्दा सक्रिय रजिना रिमालहरूलाई कम कन्सर्टमा निम्त्याइयो । बरु उनीहरूभन्दा निकै कम गीत रेकर्डिङ गरिरहेका इन्दिरा जोशी र आस्था राउतको यो वर्ष कन्सर्टको क्यालेन्डरमा कहीँ ‘रातो’ देखिएन । अञ्जु, मिलन र रजिनाका स्वरमा यो वर्ष पनि सयभन्दा धेरै गीत आए । इन्दिराले केही फिल्मका आइटम गीत र एउटामात्रै आफ्नो गीत बजारमा ल्याइन् । उनको ‘उध्रेको चोली’ र आस्थाका भने अघिल्ला वर्ष बजारमा आएका गीत ‘झुम्के बुलाकी’ र ‘चौबन्दी पटुकी’ले नै ०७१ सालमा बेरोजगार हुन दिएन ।
त्यसैगरी पाश्र्वगायन र कलेक्सन गीतमा उच्च माग रहेका स्वरूपराज आचार्य पनि स्टेज कम उक्ले । स्लो गीतका लागि प्रख्यात स्वरूपलाई आयोजकले यही कारण स्टेज सुहाउँदो देखेनन् । बरु फास्ट ट्र्याक पनि गाउने प्रमोद खरेल र राजेश पायल राईलाई स्टेज कार्यक्रमले रेकर्डिङ गर्ने समयको तारतम्य मिलाउन मुश्किल प-यो । दुवै गायक क्यारिकेचरदेखि स्टेजमै नृत्यसमेत गरेर दर्शकलाई रमाइलो प्रदान गर्छन् ।
वर्षमा एउटा मात्रै नयाँ एल्बम ल्याउने हेमन्त शर्मा, हिमाल सागरहरूको पहिलेदेखिकै बजारमा कसैले धक्का लगाउन सकेन । ‘लाइभ’ गाउँदा बढी प्रभाव छाड्न सक्ने रामचन्द्र काफ्लेका लागि पनि यो वर्ष उस्तै ‘हेक्टिक’ र लाभदायी रह्यो ।
लोकदोहोरीमा पनि प्रस्तोताकै वर्चस्व देखियो । गायकीभन्दा प्रस्तुतिको प्रभाव बलियो रहेका सुनीता दुलाल, मञ्जु पौडेल, ज्योति मगरहरू नै धेरै स्टेज शो गर्ने लोकगायिका ठहरिए । ‘अमेरिका यही’ गीतबाट २०७१ सालको प्रारम्भमै चर्चित बनेका पशुपति शर्मा यो वर्षका सर्वाधिक व्यस्त लोकगायक हुन् । एकै खालका गीत बजारमा ल्याउने पशुपतिभन्दा ‘भर्सटायल’ गायक मानिने रामजी खाँड, कुलेन्द्र विकको बजार प्रभाव कमजोर रह्यो । अर्काकै गीतमा स्वर भर्न भ्याइ नभ्याइ हुने रामजीलाई आफैँले एल्बम निकाल्ने बाध्यता पनि आइलाग्यो । स्टेजका लागि नचाउने गीत आवश्यक हुँदा उनले सम्झना लामिछाने मगरसँग मिलेर ‘फूल फुलेर पयाँलै भयो’, जानकी तारामी मगरसँग मिलेर ‘तरुनी कसो गरूँ नि’ बजारमा ल्याए ।

गीतकार गायनतिर
गीत लेखेर नै लामो समय संगीत बजारमा रहेका सर्जकहरू पनि गायक÷गायिका बन्ने असफल प्रयासमा लागे । वर्षाैंदेखि गीत लेखेर हिट भइरहेका एकनारायण भण्डारीले यही माहोलमा ‘आँखा खोल्छु होला’ भन्ने गीत गाए । सिर्जना राम्रो भए पनि गायकी नचलेपछि उनी दोहोरिएननन् । गीतकारकै रूपमा चर्चित शिव हमालले पनि यो वर्ष गीत गाए । त्यसैगरी गीतकार वसन्त थापाले यो वर्ष पनि स्रोतामाझ स्वरको परीक्षा दिने क्रमलाई निरन्तरता दिए तर उनी पनि पास हुन सकेनन् । उनीहरूले लेखेका गीतको जति चर्चा भइरहेको छ र हुन्थ्यो, त्यो तुलनामा गाएका गीतको चर्चा भएन ।
त्यसैगरी गीतकारकै रूपमा लोकप्रियता कमाइरहेकी गायत्री थापा पनि एल्बम बिक्न छाडेपछि गायिका बन्ने प्रयासमा लागिन् । लेखनको हाराहारीमा गायकी नरुचाइए पनि उनको प्रयास जारी छ । उनले आफ्नो स्वरमा एउटा तीजको गीत र एउटा दोहोरी गीत बजारमा ल्याएकी छिन् ।

pashupati sharma

गायक/गायिका मोडलिङतिर
युट्युब चर्चाको बलियो आधार बन्दै गएपछि गायक÷गायिका मोडलिङतिर तानिएका छन् । आफैँ मोडलिङसमेत गर्ने गायक÷गायिका बजारमा चर्चित भएपछि लामै समय स्वरकै जादुले संगीतमा सत्ता चलाएका प्रमोद खरेल अभिनयमा समेत उत्रिए । आफैँले गाएको ‘धेरैलाई बाँड्दा नपुग्ला माया’मा केकी अधिकारीसँग देखिएपछि गीत पनि हिट भयो ।
आफैँले गाएर अभिनयसमेत गरेको ‘अमेरिका यही’ लोकप्रिय भएपछि गायक पशुपति शर्मा आफूले गाएका गीतमा अरूलाई मोडल बन्ने ‘चान्स’ दिँदैनन्् । एक दशकदेखि हिट गीत गाएर चर्चित बनेका रामजी खाँडले पनि यो वर्ष मोडलिङमा समेत दोहोरिने निधो गरे । जसले गर्दा उनको चर्चा थपियो ।
गायकलाई पनि अनुहार नदेखाई चर्चित हुन मुश्किल हुने देखिएपछि यो वर्ष अधिकांश गायक÷गायिकाले आफ्ना अनुहार म्युजिक भिडियोमा देखाएका छन् । विशेषगरी आफैँले लगानी गरेको गीतमा मोडल राख्न छाडिएको छ ।

sunita dulal
वियोगमा आधुनिक, ठट्यौलीमा दोहोरी
सुगम संगीतमा वियोगका गीत धेरै सुनिए, धेरै सीआरबीटी–पीआरबीटी डाउनलोड भए र धेरै युट्युबमा हेरिए । ‘आफ्नो भनूँ कसलाई यहाँ’, ‘अन्त माया’, ‘संसारका सारा खुशी’, ‘धेरैलाई बाँड्दा नपुग्ला माया’ जस्ता गीत यी मानदण्डमा हिट ठहरिए । सबै गीतमा प्रेम वा प्रेमीप्रेमिकाप्रति गुनासा समेटिएका छन् ।
सीआरबीटी÷पीआरबीटीमा टिकेको संगीत बजारले यो वर्ष त्यताबाट पनि उपलब्धि हासिल गर्न सकेन । पर्चेज (आफ्नो आरबीटी आफैँले डाउनलोड गर्ने) ले पीआरबीटी बजार ध्वस्त बनायो भने सीआरबीटी डाउनलोड एकाएक घट्यो । नयाँ संगीत बजार युट्युबमा खोज्न थालिएको छ । यसैले अघिल्लो वर्षसम्म प्रेमवियोगका गीतले बजार लिए पनि यो वर्ष ठट्यौला गीत चर्चित भए ।
पशुपति शर्माको ‘अमेरिका यही’ले देखाएको नयाँ मार्गमा धेरै दोहोरी गायक आए । युट्युबमा आफ्ना गीत धेरै हेराउने होडबाजीले केही दोहोरी गीत फोहोरी भए । ‘कन्याइदेऊ न बाइ’बाट सुरु भएको फोहोरी गीत गाउने शृंखला वर्षको अन्त्यतिर दोहोरीमा ¥यापसमेत हानेर अघि बढाइएको छ ।

milan amatya
फस्टाउँदै फिल्म संगीत
फिल्मको बजारसँगै फिल्ममा समेटिने गीतसमेत छायामा परिरहेको अवस्था अघिल्लो वर्षसम्म थियो । तर, यो वर्ष फिल्म नरुचाए पनि फिल्ममा समेटिएका गीत रुचाइएका छन् । ‘म त मर्छु कि क्या हो ठूली’, ‘तिम्रो आँखामा आँशु हेरी–हेरी’ जस्ता गीत फिल्मको नाम समेत थाहा नपाएकाले समेत सुने । ‘नाइँ नभन्नू ल–२’को ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘हिम्मतवाली’का ‘काली तिम्रो नजरैले’ र ‘लज्जा’को ‘मात लाग्यो’ले हलमा दर्शक पु¥याउने भूमिकासमेत निर्वाह गरे ।

rajesh
अघिल्लो वर्षको अन्तिम हप्ता रिलिज भएको फिल्म ‘नाइँ नभन्नू ल–२’का गीतले यो वर्षभरि लोकप्रियता हासिल गरिरहे । जसको प्रभावले फिल्म संगीत फस्टाउँदै गयो । विशेषगरी उक्त फिल्ममा रहेको प्रेम परियारले गाएको ‘मर्ने कसैलाई रहर हुँदैन’ले चर्चा कमायो । वर्षको अन्त्यतिर आउँदै गरेको फिल्म ‘रेशम फिलिली’मा समेटिएको ‘जाल्मा’ भाइरल भयो । फिल्म चलाउन संगीतले पनि सघाउन थालेपछि फिल्म संगीत फस्टाउन थालेको छ ।

Prem

उदाएका दुई तारा
प्रेम परियार फिल्म ‘नाइँ नभन्नू ल–२’बाट उदाएका हुन् । उनले गायका ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौ’ अत्यधिक रुचाइए । भर्खर १४ वर्ष पुगेका उनी यी दुइटा गीतबाटै ‘स्टार’ बने । धादिङ, मलेखुको सडकमा गीत गाउँदै हिँड्ने क्रममा फिल्मको सुटिङ सकाएर आएका अभिनेताद्वय सुशील क्षत्री र शिशिर राणाले प्रेमलाई भेटेका थिए । उनको स्वरबाट प्रभावित भएर शिशिरले काठमाडौँ ल्याएर संगीत सिकाएका हुन् । काठमाडौँ आइनपुग्दै उनको स्वर युट्युबमा छाइसकेको थियो । उनले मलेखुमा गाउ“दै गरेको भिडियो खिचेर कसैले युट्युबमा राखिदिएको थियो । ‘तुझ से नाराज नही’ त्यतिबेलै चर्चित भएको थियो । उनी गीत गाउनकै लागि देश÷विदेशका विभिन्न ठाउँमा पुगिसकेका छन् ।
त्यसैगरी, १६ वर्षीया श्रेयसी चेम्जोङ ठूलो सम्भावना बोकेर आइपुगेकी छिन् । उनको स्वरमा अघिल्ला वर्षमा गीत आए पनि यो वर्ष आएको ‘मलाई तिम्रो सम्झनाले’ भन्ने गीत निकै चर्चित भयो । उनले छ वर्Èको उमेरको तोतेबोली स्वरमा गाउ“दा धनकुटाको एउटा गाउँमा चर्चा भएपछि गायक कृष्णभक्त राईले संगीत सिकाउन काठमाडौँ ल्याएका थिए । कृष्णभक्तले नै दुई वर्षसम्म संगीत साधना गराएपछि आठ वर्षको उमेरमा श्रेयाको स्वरमा पहिलो गीत रेकर्ड भएको थियो । उनी डिल्लीबजारस्थित पद्मकन्या उच्च माविमा कक्षा १० मा अध्ययनरत छिन् ।

०७१ मा जो जमे
आधुनिक गीत
गायक
राजेश पायल राई
स्वरूपराज आचार्य
प्रमोद खरेल
प्रेम परियार
शिव परियार

anju

गायिका
सञ्जिवनी
अञ्जु पन्त
मिलन अमात्य
श्रेयसी चेम्जोङ
रजिना रिमाल
संगीतकार
सन्तोष केसी
अर्जुन पोखरेल
वसन्त सापकोटा
दीपक शर्मा
सन्तोष श्रेष्ठ

लोकदोहोरी
गायक
पशुपति शर्मा
रामजी खाँड
कुलेन्द्र विक
खुमन अधिकारी
बद्री पंगेनी
गायिका
विष्णु माझी
देवी घर्ती
मुना थापा
पूर्णकला बीसी
टीका पुन
शुक्रबार साप्ताहिकबाट

Comments