कुशल ‘भाइरस’ बनेपछि विकृति ओकल्दै…! (मिस्टर नेपाली भिडियो)
screennepal
प्रकाशित: २०७६, २७ मंसिर शुक्रबार
no img

अझैसम्म -याप संगीत हाम्रो समाजमा स्थापित हुन सकेको छैन । तर, यहाँ दिनदिनै -यापरहरुको संख्या थपिँदैछ । लोकगीत र आधुनिक गीतमा रमाउने बानी परेकाहरुका लागि -याप संगीत अराजक पक्कै लाग्छ । त्यसैले त केही समयअघि -यापर भिटेन पक्राउ परे । तर, ‘भिटेन’का रुपमा चर्चित समीर घिसिङ विवादमा आएपछि -यापरहरुको झनै मनोवल बढेको छ । यसको मतलव उनीहरु -याप संगीतलाई स्थापित गर्न चाहन्छन् ।
यस्तै, भिटेनपछि केही नयाँ -यापरहरु यहाँ उदाएका छन् । तीमध्ये एक हुन्, भाइरस अर्थात कुशल खत्री । नेपाली संगीत क्षेत्रका नयाँ प्रतिभाका रुपमा उदाए भाइरसको ‘मिस्टर नेपाली’ बोल गीतको भिडियो आजै शुक्रबार सार्वजनिक भएको छ । उक्त गीतमा भाइरस -यापरकै पहिचान देखिएका छन् । ‘मिस्टर नेपाली’मा शब्द, संगीत र गायन भाइरसकै छ । उनले आफ्नो गीतमा नेपाली समाजमै घटिरहेका परिघटनाहरुलाई ओकलेका छन् ।
हेर्दा र सुन्दा -यापरहरु फरक लाग्छ । शरीरमा धोक्रे लुगा, शारीरिक हाउभाउ अनि एकोहोरो पेचिलो गन्थन -यापरहरुको पहिचान हो । त्यही पहिचानलाई अहिलेसम्म नेपाली समाजले पच्न नसकेको हो । तर, उनीहरुको जीवनलाई गहिरोसँग चिहाउने र गाएका शब्दहरु केलाउने हो भने उनीहरु गम्भीरमात्र लाग्दैनन्, समाजभित्रका हरेक पाटो केलाउँदै गीतमार्फत जीवनोपयोगी सन्देश छरिरहेको पाइन्छ । भिटेनले त्यस्तै यही समाजभित्रको परिवेशलाई पेचिलो रुपमा प्रस्तुत गर्दै ‘हामी यस्तै त हो नि ब्रो’ गाउँदा केही दिन प्रहरी हिरासतको चिसो हावा खानुप-यो किनकि त्यो गीतले विकृतिमाथि प्रहार गरेको छ ।
पछिल्लो समय उदाएका -यापर भाइरसले भिटेनदेखि बलात्कारपछि हत्या गरिएकी कन्चपुरकी निर्मला पन्त र सुस्तादेखि कालापानीसम्मलाई समेटेका छन् । जहाँ भारतले नेपाली सीमा अतित्रण गर्दै आएको छ । भाइरसको यो सार्वजनिक गीतले राज्यले -यापरहरुलाई हेर्ने दृष्टिकोण अनि देशको सीमाबारे मौन धारणालाई शब्दचित्रण मार्फत व्यंग्य गरेका छन् ।
हरेक -यापरको गन्थनमा समाजभित्रको रियालिटी पाइन्छ । त्यस्तै, भाइरसले पछिल्लो समय नचाहिँदो विषय र सन्दर्भमा शोसल भिडियामा देखिएको ‘भाइरल’ प्रवृति र आवश्यक कुरामा भइरहेको मौनतालाई ‘मिस्टर नेपाली’मार्फत चिरफार गर्ने प्रयास गरेका छन् ।
‘रिदम एन्ड पोएट्री’रुपमा समेत परिभाषित गरिने -यापको सुरुवात दक्षिण अफ्रिकाबाट सुरु भएको हो, जुन विस्तारै विकासोन्मुख देश हुँदै अमेरिकासम्म फैलियो । तर, त्यहाँ पनि सुरुमा -यापरहरु आलोचित हुन्थे र विवादित बन्थे । पछिल्लो समय जसरी नेपालमा -यापरहरुले गीतमार्फत गाली बेइज्वती र अश्लिता फैलाए भन्ने एक किसिमको आरोप लाग्न थालेको छ, दक्षिण अफ्रिकामा पनि सुरुवाती दिनमा यस्तै आलोचनाको सामना नगरेको होइन । तर, -यापरहरु आफ्नो हाउभाउ र गीतको शब्दमार्फत वास्तविकता ओकल्छन् । जुन समाजले समेत देख्न नसकेको हुनसक्छ ।
भाइरसको ‘मिस्टर नेपाली’ झट्ट सुन्दा वाहीयात लाग्छ, तर, केस्रा–केस्रा शब्द केलाएर सुनेपछि बल्ल लाग्छ, ‘यो गीतले देश र नेपाली समाजभित्र लुकेको बेहाल बोलिरहेको छ ।’ प्रशन्न रिमालले निर्देशन गरेको ‘मिस्टर नेपाली’मा गायक तथा -यापर भाइरस आफै फिचरिङ छन् । अरु गीत सुनेर मनन गर्नुहोला ।

https://www.youtube.com/watch?v=vyd_B0UsehU

Comments