तीन आउनै लाग्दा उषाको ‘रातो साडीमा छम्मछम्म’
screennepal
प्रकाशित: २०७६, ११ भाद्र बुधबार
no img

नेपाली नारीहरुको महानपर्व तीज आउन अब धेरै दिन छैन । तीज जति नजिकिँदै छ, तीज गीत पनि आउनेक्रम जारी छ । यसै सिलसिलामा पछिल्लो समयकी चर्चित गायिका उषा मलाहले आफ्नै शब्द तथा स्वरमा ‘आमाले किनिदिएको रातो साडीमा’ बोलको तीज गीत सार्वजनिक गरेकी छन् ।
केही साताअघि मात्र ‘झापाको सुपारी’ बोलको गीत ल्याएकी उषाले तीजलाई लक्षित गर्दै ‘आमाले किनिदिएको रातो साडीमा’ ल्याएकी हुन् ।
अधिकांश गायक÷गायिकाले तीजका गीत भिडियोसहित ल्याएका छन् । तर, उषाले भने अडियोमात्र सार्वजनिक गरेकी छन् । यसबारे उनी भन्छिन्, ‘तीजमा नाच्ने भनेको अडियोमै हो भिडियोमा होइन । त्यसैले मैले अडियोमा ल्याएकी हुँ ।’
बिकास चौधरीको संगीत रहेको उक्त गीत उषाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । उषाले तीज गीतको भिडियो धेरै आएकाले पनि आफूले अडियो ल्याएको स्पष्ट पारिन् । उनले भनिन्, ‘केही दिन पहिले मेरो आफ्नै निर्देशनमा तीज गीतको भिडियो सार्वजनिक भएको थियो । यो गीतचाहीँ बिशेषगरी आपसमा भेला भएर नाच्नको लागि हो ।’

Comments