‘रामेछाप सिन्धुली’मा आरुषी
screennepal
प्रकाशित: २०७६, २ भाद्र सोमबार
no img

गायक तारा राना मगर र गायिका राधिका ढकालसँग मिलेर मोडल आरुषी मगर र सञ्जिव ठकुरीलाई सिन्धुली पु-याएका छन् । उनीहरुले गीतमार्फत सिन्धुली पु-याएका हुन । तारा र राधिकाको ‘रामेछाप सिन्धुली’ बोलको गीत सार्वजनिक भएको छ । जसमा आरुषीले अभिनय गरेकी छन् ।
लोकदोहोरी शैलीको ‘रामछाप सिन्धुली’ बोलको गीतमा भिमसेन खतिवडाको शब्द तथा संगीत रहेको छ भने विष्णु तामाङको संगीत संयोजन रहेको छ । भिडियोमा आरुषीका अलावा सञ्जिव ठकुरी र रवि मगरको रोमाञ्चक अभिनय र नृत्य गरेका छन् । रामेश्वर जिरेलको छायाँकन, जिसन ठटाल र रोजिना महर्जनको कोरियोग्राफी, सुमन तामाङको कलर र तेन्जी लामाको निर्देशन तथा सम्पादन रहेको छ ।

Comments