एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्रै भो’ प्रसारण हुन थालेको छ । यो हाँस्य सिरियल हरेक शुक्रबार साँझ ८ बजेदेखि प्रसारण हुन्छ ।
उक्त सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् । जेसिका इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियललाई दर्शकले मन रुचाएका छन् ।
सिरियलमा वर्तमान समय सापेक्षित विषयलाई हाँस्य खुराकको रुपमा पस्काइएको छ । निर्देशक गौतमका अनुसार सिरियलमा कमेडी र राजनीति बिषयबस्तुलाई मुख्य आधार बनाइएको छ ।
उक्त सिरियलमा उत्तम अर्याल कोदे, लक्ष्मण चौलागाई, जयराम सापकोटा, धर्मराज आचार्य (स्याल बुढो), भोला अधिकारी, दिनेश तामाङ, पनिशा कार्की, सुमित्रा रिमाल, रामचन्द्र थापालगायत नयाँ तथा पुराना कलाकारले अभिनय गरिरहेका छन् ।
कलाकार भोला अधिकारी उक्त सिरियललाई दर्शकले मन पराइदिनेमा विश्वस्त छन् । सिरियलमा साहित्यकार सनत आचार्यको कथा एवं पटकथा रहेको छ । रामचन्द्र थापाको प्रस्तुति रहेको यस सिरियललाई कमल श्रेष्ठले निर्माण गरेका हुन् । जसमा जनकराज अधिकारीको छायाँकन, राज श्रेष्ठको सम्पादन रहेको छ । राजु श्रेष्ठ कार्यकारी निर्माता रहेको यो सिरियल युट्युबमा समेत हेर्न पाइने छ ।
भोला र अर्जुनको ‘कुरा मात्र भो’
२०७६, २९ जेष्ठ बुधबार ०६:२८screennepalfeature, Sliver screen0

Facebook Comment
Previous Postचर्चामा रहेको प्रेम गीत ३ को अडिसन २५ जना मध्य ६ जनाको भिडीयो सार्वजनिक ..
Next Postयो हो ‘मारुनी’ टिम : साम्राज्ञी भन्छिन्, ‘यस्तो डान्स पहिलोपटक’