यस्तो छ, प्रियंकालाई आमाले दिएको चौबन्दी (भिडियो)
screennepal
प्रकाशित: २०७६, २२ बैशाख आईतवार
no img

अभिनेत्री प्रियंका कार्कीकोे अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली’ गीतमा भिडियो सार्वजनिक भएको छ । स्मिता दाहालको स्वर रहेको यस गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटा संगीत रहेको छ । संगीत संयोजन सञ्जिव बराइलीले गरेको यस गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।
भिडियोको छायाँकन सुदिप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिश फागोले गरेको यस भिडियोमा प्रियंका नयाँ लुक्समा देखिएका छन् । फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउसलगायतका स्थानमा भिडियो छायाँकन गरिएको छ ।

Comments