मेलिनाको धेरै माया गर्ने मान्छे… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २ बैशाख सोमबार
no img

चर्चित गायिका मेलिना राईको नयाँ गीत ‘धेरै माया गर्ने मान्छे’ सार्वजनिक भएको छ । उक्त गीतलाई ‘म भन्दा निको भाग–२’का रुपमा लिइएको छ ।
शव्द, संगीत, एरेञ्जदेखि लिएर भिडियो सम्पादनसम्म राज कुमारको रहेको उक्त गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । युट्युवमा यस गीतलाई रिलिज गरिएको छोटो समयमै १ करोड हाराहारीले हेरिसकेका छन् ।
यस गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो । यो स्टुडियो भिडियो हो । यस गीतलाई मिक्सिङ चन्द्र चौधरीले गरेका छन् भने भिडियोको छायाँकन विष्णु खड्काले गरेका हुन् ।

Comments