अञ्जुपछि घटिन् अमृता | उनी भन्छिन्, ‘अब आफैँ मोडलिङ गर्छु’
screennepal
प्रकाशित: २०७५, १२ चैत्र मंगलवार
no img

काठमाडौं, १२ चैत । केही साताअघि चर्चित गायिका अञ्जु पन्तले एउटा भेटमा आफ्नो वजन घटाउन सफल भएको खुसी व्यक्ति गरेकी थिइन् । डिल्लीबजारस्थित ‘कुसुम बुटिक’ उद्घाटन गरेपछि अञ्जुले भनिन्, ‘मैले आफ्नो वजन करिब १२ केजी घटाएँ । अहिले ५० केजीकी भएकी छु ।’ स्लिम बन्ने आफ्नो इच्छा पूरा हुँदा नेपाली अञ्जु निकै दंग छिन् ।

गायिका अञ्जु पन्त


यहाँ अञ्जुजस्तै अधिकांश गायिकाहरुलाई ‘स्लिम’ बन्ने रहर छ किनकि, उनीहरु मोडलिङमा पनि देखिन चाहन्छन् । ‘स्लिमचट्ट’ भएपछि अञ्जुले पनि मोडलिङ गर्ने इच्छा व्यक्त गरेकी छन् । उनले त्यतिखेरै खुलासा गरिन्, ‘म छोरीसँगै एउटा भिडियोमा चाँडै देखिँदै छु ।’
हो, यतिखेर अर्की गायिका अमृता सम्बाहाम्फे लिम्बू पनि निकै दंग छिन् । गायनसँगै मोडलिङमा समेत रुचि राख्दै आएकी अमृताले आफ्नो वजन ह्वात्तै घटाएकी छन् । यी गायिकाले एक अनौपचारिक कुराकानी भनिन्, ‘अहिले म ५१ केजीकी भएँ नि । सायद अब त ५० मै झरेँ होला ।’


गायिका प्रकृति थलङ

केही साताको अन्तरालमा करिब ६ केजी आफ्नो तौल घटाउन सफल भएको खुसी व्यक्त गरिरहँदा लाथ्थ्यो कि उनले एउटा युद्ध नै जितिन् । हुन पनि मोडल, नायिका र गायिकाहरुका लागि तौल अर्थात वजन घटाउन युद्ध जिते सरह नै भएको छ ।
ह्याभी खाना अनि सुत्ने र उठ्नेको बेठेगान नेपाली महिला सेलिब्रेटीहरुका लागि समस्या भएको देखिन्छ । तर, कतिपयले भने खानपानदेखि लिएर उठबसमा समेत ध्यान दिन थालेका छन् । जसले गर्दा अञ्जु र अमृताले जस्तै वजन घटाउन सफल भएका छन् ।
केही आफ्नो गीतको भिडियोमा मोडलिङ गरिसकेकी अमृताले भनिन्, ‘अब मेरो आफ्नो नयाँ गीतमा आफैँ मोडलिङ गर्ने सोचमा छु ।’ अघिल्लो भिडियोमा अमृता निकै मोटी देखिएकी थिइन् । त्यो उनलाई पनि अनुभव भएको थियो । त्यसपछि नै उनी वजन घटाउने कसरतमा लागेकी हुन् ।


अमृता सम्बाहाम्फे लिम्बू

प्रशंग अञ्जु र अमृताको मात्र होइन, अहिले सांगीतिक क्षेत्रमा चम्किरहेका र चम्किन खोजिरहेका गायिकाहरु सुन्दर रुप र रंग भएर पनि मोटोपनकै कारण आफ्नो मोडलिङ रहरलाई पूरा गर्न सकिरहेका छ्रैनन् ।
गायिका प्रकृति थलङ निकै सुन्दर छिन् । गीत पनि उस्तै मिठो गाउँछिन् । तर, आफूलाई मोटी लागेकै कारण भिडियोमा मोडलिङ गर्न हत्तपत्त रुचाउँदिनन् उनी । उनले केही आफ्नो गीतको भिडियोमा मोडलिङ गरिसकेकी छन् । तर, पछिल्ले समय उनलाई आफू मोटाएको फिल भइरहेको छ । त्यसैले केही समयअघि उनी आफ्नो गीतको भिडियोमा मोडलिङ गर्न मानिनन् । तर, उनलाई त्यस्तो लागेपनि अरुका लागि प्रकृति मोटी छ्रैनन् । उनीभन्दा मोटोपन र भद्दा ज्यान भएकाहरु यहाँ मोडलिङ गर्दै आएका छन् । तैपनि ज्यानको ख्याल गर्नु सकरात्मक नै हो । कलाकारलाई मात्र नभएर जो–कोहीका लागि मोटोपन स्वास्थ्यका लागि खराब मानिन्छ । अझ सेलिब्रेटीका लागि त स्वास्थ्यको ख्याल गर्नु अनिवार्य मानिन्छ ।

Comments