अमृता भन्छिन्, ‘ढिलै भएपनि रहर पूरा गदैछु’
screennepal
प्रकाशित: २०७५, ३ चैत्र आईतवार
no img

नेपाली गीतसंगीतमा होस् वा फिल्ममै किन नहोस्, यहाँ धेरैजसो रहरले कलाकार भएका छन् र करले टिकिरहेका हुन्छन् । यस्तै, गायिका अमृता लक्सम लिम्बूले पनि रहरले संगीत क्षेत्रमा यात्रारत छिन् । उनले चाँडै ‘तिम्रो अँगालोमा’ बोलको गीत श्रोतामाझ ल्याउँदैछिन् ।


यसै गीतको सन्दर्भमा कुरा गर्दै उनले आफ्नो विगतको स्मरण गरेकी हुन् । सानैदेखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुने गरेको सुनाउ“दै अमृताले भनिन्, ‘तर बल्ल समय र परिस्थितिले गर्दा गायनमा आउँदै छु ।’ रहर भएर पनि समयमै संगीत सिक्न नसक्दा आफ्नै साथीसंगीले खिल्ली उडाएको स्मरण गर्दै अमृताले भनिन्, ‘त्यो समयमा एउटा कार्यक्रममा गायिका अञ्जु पन्तको गीत गाउन नसक्दा मलाई आफ्नै साथीको हेपाइ खाएँ । रिहर्सल गर्न नपाउ“दा मैले स्टेजमा गाउन सकिन“ । तर, साथीहरुले त्यो मेरो मर्म बुझेनन् । त्यसपछि गायिका बन्ने मलाई इख पलाएको हो ।’

पुर्खौली पाँचथरकी अमृता झापामा हुर्केबढेकी हुन् । गायनप्रतिको रुचि पूरा गर्न उनले दुई वर्ष संगीतको अध्ययनसमेत गरिन् । तर, घरायसी समस्या र परिस्थितिले गर्दा संगीतको कोर्ष पूरा गर्न नसकेको उनले बताइन् ।
अमृता करिब पाँच वर्षदेखि रोजगारीको सिलसिलामा दुवई बस्दै आएकी छन् । हाल गीत रेकर्डिङका लागि विदामा नेपाल आएकी उनले भनिन्, ‘ढिलै भएपनि मनका इच्छाहरु पूरा गर्दैछु ।’
उनी दुवईमा पनि आफ्नो रहर पूरा गीतसंगीतमा सक्रिय हुँदै आएकी छन् । अमृताले गायिका सिने गुरुङलगायतका गायक÷गायिकाको चर्चित गीतको ‘कभर सङ’ गरेकी छन् । उनले दुवईमै सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’ कभर सङ गरेकी छन् । जुन कभर गीतलाई दर्शक÷श्रोताले निकै रुचाए । त्यसपछि झनै हौसिएकी अमृताले भनिन्, ‘रहर र इच्छा भएपछि जहा“ पनि समय निकाल्नु सकिँदोरहेछ ।’
सानैमा सडक नाटकहरुमा समेत अभिनय गरेकी अमृताले लिम्बू भाषाको फिल्म ‘हेलुक्वा’मा अभिनयसमेत गरेकी छन् । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजस्तै अमृता दुवईमा बसेर पनि नेपाली गीतसंगीतमा सक्रिय समूह ‘युथ ब्याण्ड’मा आवद्ध भएर स्टेज पर्फमेन्स गर्दै आएकी छन् ।
उक्त सांगीतिक समूहमा गायक यमन गुरुङ र अमृता भोकलिस्ट छन् । पाँच जनाको सदस्य रहेको यो ब्याण्डले दुवईमा विभिन्न कार्यक्रमहरु गर्दै आएको अमृताले सुनाइन् । त्यसका अलावा अमृताले नेपालका चर्चित लोक ब्याण्ड ‘कन्दरा’, गायक यसकुमारलगायतसँग पनि स्टेज शेयर गर्न भ्याइसकेकी छन् ।
गायिका अमृताको अब आउने नयाँ गीत ‘तिम्रो अँगालोमा’ ‘कन्दरा’ समूहकै सदस्य अमित गुरुङको संगीत कम्पोजिसन रहेको छ भने शब्द यमन गुरुङले लेखेका हुन् । लोकपप शैलीको यस गीतले आफूलाई गायिका अमृताका रुपमा चिनाउने उनको अपेक्षा छ ।

Comments