तामाङ भाषामा निर्मित “ल्हुइधार माया” रिलिज, सुशिलाको मायामा शम्भुको वियोग
screennepal
प्रकाशित: २०७५, २७ फाल्गुन सोमबार
no img

तामाङ भाषामा निर्मित गीत “ल्हुइधार माया” बजारमा रिलिज भएको छ । रुप कुमार तामाङको आवाज रहेको गीतमा प्रयास दोङको अरेन्ज रहेको छ । गीतमा क्लेवर सिंहको शब्द र संगीत रहेको छ ।

गीतको भिडियो मलेसियामा छायांकन गरिएको हो । मलेसियाको सुन्दर दृश्य भिडियो हेर्न सकिन्छ । कोष बोम्जनको छायांकन रहेको भिडियोमा दीपक तामाङको सम्पादन रहेको छ ।

भिडियोमा शम्भु तामाङ, कृष्ण तामाङ र सुशिला थिङको अभिनय रहेको छ । निर्देशक तथा मोडल शम्भु मोक्तान तामाङ लामो समय मलेसियामा नै बसेर नेपाली म्युजिक भिडियो क्षेत्रमा काम गरे ।

अहिले उनि नेपाल आईसकेका छन् र केहि नया र राम्रो काम गर्ने प्रयासमा जुटिरहेका छन् । उनले दिएको जानकारी अनुसार अब केहि नया प्रस्तुति लिएर आफुलाई अझ सशक्त रुपमा प्रस्तुत गर्ने जमर्को गरेको बताएका छन् ।

कामको हिसाबले निकै क्षेमता भएको व्यक्ति हुन् शम्भु मोक्तान । तामाङ चलचित्रमा समेत अभिनय गरिसकेका उनले बिस्तारै आफ्नो अभिनयलाई निखार्दै लिएर गईरहेका छन् । हेर्नुस भिडियो :

Comments