प्रेम दिवशलाई शिवको यस्तो उपहार (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २७ माघ आईतवार
no img

नेपाली सुगम संगीतका लोकप्रिय गायक शिव परियारको नयाँ गीत ‘तिमी नै मेरो सास हौ’ सार्वजनिक भएको छ । नजिकिँदै गरेको प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस गीतलाई गायक परियारले आफ्ना दर्शक तथा श्रोतालाई प्रेम दिवसमा उपहारका रुपमा समर्पण गरेका छन् ।
सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलको जादमयी संगीत तथा एरेन्ज रहेको छ । यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् ।
गायक परियारकै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘आशुको अर्थ’ बोलको गीतले केही समयअघि मात्रै १ करोड बढी भ्युज पाएको थियो । गायक परियारको शिवालय एल्बममा समाबेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक÷नायिकाको रोमान्स देख्न सकिन्छ ।
सुहाना क्रियसनको प्रस्तुति रहेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने निकेश खड्काले निर्देशन गरेका छन् । बिकाश धमलाले सम्पादन रहेको यस भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

Comments