३ करोड नेपालीलाई रुवाउने यो दर्दनाक भिडियो, कसको मन नरोला यो हेरेर
screennepal
प्रकाशित: २०७५, २४ पुष मंगलवार
no img

मान्छे भएर जन्मे पछि धेरै कुरा भोग्नु पर्ने रहेछ । भाग्य र नियतिले उमेर भनेर छोड्दैन रहेछ । एउटा घत लाग्दो दृश्य देखियो बेनिघाटको चरौदी पुल नजिक ठाउँमा । ८० बर्षिय वृद्ध जसले बिगत २० बर्ष देखि चरौदी पुलको छेउमा रहेको त्रिशुली नदीको माथि रहेको तुईन तानेर आफ्नो जीवन गुजारा गरिरहेका छन् । घर छैन उनको न त परिवार नै छ । एक अपाङ्ग छोराको साथमा उनि त्यहि तुईनको खम्बा तल बस्न बाध्य छन् । अपाङ्ग छोरा जसले केहि बुझ्दैन, न त बोल्न सक्छन ।

८० बर्षिय वृद्धको नागरिकता पनि छैन । अहिले सम्म वृद्ध भत्ता पनि पाएका छैनन् । हेर्नुस त कस्तो बिडम्बना । अहिलेको बेलामा पनि यस्तो दुखमा यी व्यक्ति बसिरहेका छन् । उनको नाम शुक्र बहादुर चेपाङ हो । दर्पण मिडियाले उनको दुखको दृश्य आफ्नो क्यामरामा कैद गरेको छ । मन थामेर हेर्नुस यो दर्दनाक भिडियो । भिडियोमा उनले आफ्नो सबै कुरा खोलेका छन् । उनको चित्कार सुन्दर कसको मन नरोला र ! साथमा यो भिडियोलाई धेरै भन्दा धेरै शेयर समेत गर्नुहोस ताकी उनि समक्ष सक्दो सहयोग पुगोस ।

हेर्नुस यो दर्दनाक भिडियो :

Comments