बलिउड अभिनेता कादर खानको निधन
screennepal
प्रकाशित: २०७५, १७ पुष मंगलवार
no img

बलिउडका बरिष्ठ कलाकार कादर खानको मृत्यु भएको छ । ८१ वर्षीय खानको क्यानडास्थित एक अस्पतालमा उपचारकै क्रममा मृत्य भएको हो । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा बस्दै आएका थिए ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सास फेर्न गाह्रो भएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बाइपेप भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको बोली बन्द हुनुका साथै निमोनियाको लक्षण देखिएको थियो ।
उनी प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी ‘पिएसपी’बाट ग्रसित थिए । यो एक असामान्य मस्तिष्क विकार हो । गत शुक्रबार अमिताभ बच्चनले कादर खानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ट्वीट गरेका थिए ।
अफगानिस्तानको काबुलमा २२ अक्टोबरमा जन्मिएका कादर खान निकै चर्चित कलाकार हुन् । उनको खुन भरी मांग, विवी हो तो एसी, बोल राधा बोल, मे खिलाडी तु अनारी, दुल्हे राजा र हसिना मान जायजी फिल्म चर्चित छन् । उनी सन् २०१५ मा रिलिज भएको ‘हो गया दिमागका दही’मा अन्तिमपटक देखिएका थिए ।
आइतबार अबेर राती उनको मृत्युको अफवाह फैलिएको थियो । तर, यसबारे उनका छोरा सरफराजले बुवाको उपचार भइरहेको र जिवित भएको स्पष्टिकरण दिएका थिए । यसका साथै उनले अफवाह नफैलाउन समेत आग्रह गरेका थिए । कलाकार कादर खानकोको निधनप्रति बलिउड कलाकारले सोक ब्यक्त गर्दै फेरि यस्ता कलाकार जन्मिनलाई समय लाग्ने बताएका छन् ।

Comments