नेपालगञ्जमा कलाकार उतार्दै बलामी
screennepal
प्रकाशित: २०७५, २७ मंसिर बिहीबार
no img

काठमाडौं । मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ । जहाँ १६ पुसमा आधा दर्जन राष्ट्रियस्तरका कलाकार प्रस्तुत हुँदैछन् ।
बलामीफिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ । जसअन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँ बर्षको छेको पारेरम्युजिक फेटिभलको पहिलो आयोजना गर्नलागिएको आयोजक समीर बलामीले बताए ।
नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभसहित म्युजिक फेस्टिभल हुने भएको हो । कार्यक्रममा युवा वगर्वको ढुकढुकी गायक राजेशपायल राई, कमल खत्रीका साथै नेपालआईडल सिजन–१ का सुरज थापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्य कलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकलाई हसाँउने भएका छन् ।
कार्यक्रमलाई बरिष्ठ पत्रकार नरेश भट्टराईले संचालन गर्नेछन् । कार्यक्रममा आईटम नृत्यहरु पनि प्रस्तुत हुनेछन् । नृत्यको लागि कलाकार फाईनल गर्न बाँकी रहेको र अन्य सबै कलाकारलाई फाइनल गरिसकेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताएका छन् । मध्य पश्चिममा यो अहिलेसम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् ।
कार्यक्रममा दर्शकका लागि ५ सय र १ हजारको टिकट व्यवस्था गरिएको छ । भिआईपीका लागि भने २ हजार कायम गरिएको जनाइएको छ ।

Comments