डा. उपाध्यायले ‘लठ्ठै बनाए’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, १८ मंसिर मंगलवार
no img

डा. डीआर उपध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर र संगीत रहेको ‘लट्ठै बनायो’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । शाहस शाक्यको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । भिडियोमा गायक सुनिल र अलिशा शर्मा फिचरिङ छन् ।
बुद्ध थापाको छायांकन रहेको यस गीतको भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ । डीआरको ‘नशालु’ एल्बममा रहेको यो गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । भिडियो निकै तामझामका साथ निर्माण भएको छ ।

साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो ।
उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो ।

Comments