बाल न्यौपानेको म्युजिक भिडियोमा ‘बोल मायाकी’ नायिका अन्जलीले दिईन यस्तो हट सिन
screennepal
प्रकाशित: २०७५, १७ मंसिर सोमबार
no img

स्क्रीननेपाल डटकम :
दर्पण मिडियाको प्रस्तुति रहेको नया म्युजिक भिडियो रिलिज भएको छ | अमेरिकामा बसेर नेपाली सांगीतिक बजारमा आफ्नो उत्कृष्ट प्रस्तुति दिदै आएका गीतकार गोपी दाहालको शब्दमा तयार भएको ‘सुनको मन्दिर’ बोलको गीत र अफिसियल म्युजिक भिडियो आज रिलिज भएको हो | उनको सुन्दर शब्दमा नव गायक बाल न्यौपानेले स्वर दिएका छन् | गीतमा जितेन्द्र गिरीको संगीत र महाराज थापाको अरेन्ज रहेको छ | यस्तै गीतमा मिन बिष्टको मिक्सीङ रहेको छ | गीतको भिडियोलाई आज दर्पण मिडियाको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो |

यस भिडियोमा दिवस धिताल र अन्जली अधिकारीको अभिनय रहेको छ | चलचित्र निर्देशक सौरभ ढकालको निर्देशनमा यस गीतको म्युजिक भिडियो तयार भएको छ | भिडियोमा निरन्जन जंग थापाको छायांकन र सौरभ ढकालकै सम्पादन रहेको छ | भिडियोमा कमेडी कन्सेप्टको सुन्दर मिश्रण र कलाकारको अभिनयले भिडियोलाई थप उत्कृष्ट बनाएको छ | गायक बाल न्यौपानेको यो पहिलो गीत हो | उनको पहिलो एल्बम ‘प्रशंसा’ मा यो गीत समावेश रहेको छ |

लामो समय देखि अमेरिकामा नै बसेर जीवन चलाईरहेका गायक बाल न्यौपानेको नेपाली सांगीतिक क्षेत्रमा यो पहिलो पाईला हो | यस्तै उनले गीत र भिडियो हेरेर प्रतिक्रिया दिनुहुनको लागि पनि सबै दर्शक श्रोता संग आग्रह गरेका छन् | आगामी दिन अझै राम्रो गीत र भिडियो लिएर बजारमा आउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

हेर्नुस भिडियो :

Comments