गीतकार अमर थापाको नया गीत “बाजा” मा सुनिल र प्रियंका यस्तो बबाल डान्स (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, १७ कार्तिक शनिबार
no img

स्क्रीननेपाल डटकम :
पछिल्लो समय सबैले नेपाली गीत संगीतको क्षेत्रम बिशेष केहि नया नै गर्ने प्रयास गरेको देखिन्छ | यसमा सबै सफल भएका पनि छैनन् तर केहिले भने राम्रै छाप छोड्न सकेको पाईएको छ | यहि अनुरुप गीतकार अमर थापाले केहि नया छाप छोड्ने हिसाबले नै आफ्नो नया गीत “बाजा” बजारमा रिलिज गरेका छन् |

केहि नया आभास दर्शक श्रोतालाई महसुस गराउने हिसाबले नै उनले धेरै कुरामा ध्यान दिएर यो गीत तयार गरेका छन् | उनको यस गीतमा अर्जुन पोखरेलको संगीत र महाराज थापाको अरेन्ज रहेको छ | सबै दिग्गज व्यक्तिहरु संगको समिश्रणले गीत निकै राम्रो तयार भएको छ |

गीत संगै म्युजिक भिडियो पनि राम्रो बनेको छ | भिडियोमा नायिका प्रियंका कार्की र नायक सुनिल क्षेत्रीले अभिनय गरेका छन् | उनीहरुले अभिनय संगै सुन्दर नृत्य समेत पेश गरेका छन् | सुब्रत राज आचार्यको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ |

भिडियोमा कोरियोग्राफी सुनिल क्षेत्री र नेपाली ठिटोसले गरेका छन् | गीत रिलिज हुन साथ धेरै दर्शक श्रोताको नजरमा परेको छ | गीत र भिडियोले यति बेला राम्रो प्रतिक्रिया समेत हासिल गरिरहेको छ | प्रस्तोतकर्ता तथा गीतकार अमर थापाले भने दर्शक श्रोताको माया र साथको लागि आभार प्रकट गरेका छन् |

यस्तै उनले आफ्नो कामलाई हेरेर सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाब समेत दिनुहुनको लागि सम्पूर्ण दर्शक श्रोतालाई अनुरोध गरेका छन् | यस्तै उनले अबको दिन अझै राम्रो सिर्जना दर्शक श्रोता माझ पेश गर्ने विश्वास समेत ब्यक्त गरेका छन् |

हेर्नुस भिडियो :

Comments