“दिपावली म्युजिकल धमाका २०१८” सिनसिनाटी ओहाइयोमा मा बिमोचन हुदैछ गोपी दाहालको “प्रज्वल”
screennepal
प्रकाशित: २०७५, १६ कार्तिक शुक्रबार
no img

स्क्रीननेपाल डटकम :
गीत राम्रो हुनको लागि शब्द चयन पनि उत्तिकै अब्बल हुन जरुरी हुन्छ | यस हिसाबले गीतकारको ठुलो भूमिका हुन्छ एउटा गीत राम्रो निर्माण हुनको लागि | यहि अनुरुप कुरा गर्ने हो भने नेपाली सांगीतिक बजारमा अब्बल शब्द रचना गर्ने व्यक्तिहरुको कमि छैन तर त्यस मध्य पनि उत्कृष्ट र दर्शक श्रोताको चाहना अनुसार शब्द तयार गर्ने गीतकारको भने संख्या सिमित छ | अझै नेपाल भन्दा बाहिर बसेर नेपाली सांगीतिक क्षेत्रमा योगदान दिइरहेका गीतकारको आफ्नै सुची छ | त्यहि सुची भित्रमा सबैभन्दा माथि आउने एक नाम हो गोपी दाहाल | अमेरिकामा कहलिएका गीतकार हुन् गोपी दाहाल |

कामको हिसाबले उनको गीत लेखन यात्राको झन्डै १ दशक बित्यो | उनि बिगत १ दशक भन्दा बढी समय देखि नै अमेरिकामा रहिरहेका छन् | यसको अर्थ प्रष्ट नै छ कि उनले अमेरिकामा नै बसेर नेपाली सांगीतिक क्षेत्रमा आफुलाई आबद्ध गराईरहेका छन् | उनले आफ्नो पहिलो एल्बम “उज्ज्वल” केहि बर्ष अगाडी सार्वजनिक गरेका थिए | उनको पहिलो एल्बमले अपार सफलता हासिल गर्यो | तर उनलाई उनको एल्बमले भन्दा पनि उनको फुटकरको गीतहरुले बढी परिचित बनायो | एल्बमकै कुरा गर्ने हो भने उनको दोस्रो एल्बम ” प्रज्वल” मा समावेश गीतहरुले उनलाई अझ बढी उचाईमा पुर्यायो |

उनको दोस्रो एल्बम अझै बिमोचन भएको छैन | तर उनले नोभेम्बर ३ तारिख यहि आउँदो शनिबारको दिन अमेरिकाको सिनसिनाटी ओहाइयोमा ब्रदर्स प्रोडक्सन र दर्पण मिडियाको संयुक्त प्रस्तुति रहेको “दिपावली म्युजिकल धमाका २०१८” मा आफ्नो दोस्रो एल्बम बिमोचन गर्दैछन् | उनको यस एल्बममा ५ वटा सुमधुर गीत समावेश रहेका छन् जसको कम्पोज अम्बर तुम्बापो सुब्बाले गरेका हुन् | उक्त पाँच वटा गीतहरु र त्यसमा स्वर दिएका गायकहरुको नामवली यस्ता रहेका छन् | १.”सानीमा सानी” – शिव परियार, २.”बासगर मेरी माया” – राजेशपायल राई, ३.”विश्वास गर बेसरी” – राजनराज शिवाकोटी, ४.”इटरीको सुकुटी” – किरण गजमेर, ५.”चौंरीको छुर्पी खाएर” – रमेश कँडेल |

सबै गीतहरु निकै नै कर्णप्रिय रहेको छ | एल्बम अहिले बिमोचन हुन लागेता पनि त्यस एल्बममा समावेश ५ गीत मध्य “सानीमा सानी”, “बासगर मेरी माया” र “इटरीको सुकुटी” बोलको ३ गीतको भिडियो समेत बजारमा केहि समय अगाडी नै रिलिज गरिसकिएको छ | त्यस मध्य गायक शिव परियारको आवाजमा तयार भएको “सानीमा सानी” बोलको गीतले भने औधि नै चर्चा कमायो | पहिलो एल्बम जस्तै दोस्रो एल्बम सफलताको लागि पनि दोस्रो एल्बमको केहि गीतले सम्भावना देखाईसकेको छ | दर्शक श्रोताको माया र साथले नै गर्दा होला उनले यत्तिका लामो समय देखि आफ्नो कलमलाई निरन्तर चलाईरहेका छन् |

उनको आफ्नै किसिमको पहिचान गीत लेखन क्षेत्रमा बनिसकेको छ | नेपाली गीत लेखन क्षेत्रमा उनले लामो समय बिताए | प्रवासमा बसेर उनले गरेको मेहेनतको दर्शक श्रोताबाट सहि ढंगले मुल्यांकन पनि भएको छ | यसका लागि उनले सबै दर्शक श्रोतालाई हृदय देखि नै धन्यवाद समेत दिएका छन् | हुन त हाम्रो नेपाली गीत संगीत क्षेत्रमा गीतकारको कमि छैन | तर प्रवासमा बसेर त्यो पनि अब्बल रचना गर्ने गीतकारको संख्या भने कम नै छ | यस सुचिमा गोपी दाहालले भने आफ्नो नामलाई धेरै माथि सम्म पुर्याउन सफल भएका छन् | उनको मेहेनत र दर्शक श्रोताको साथ यहि सबै कुराको सहि संयोजनले आज उनले सफलता हासिल गरेका छन् |

उनि अहिले आफ्नो थुप्रै नया गीतको तयारीमा ब्यस्त रहेका छन् | दशैं अघि मात्रै उनको “हिस्सी परेकी” बोलको गीत रिलिज भएको छ | उक्त गीतले निकै कम समयमा नै धेरै दर्शक श्रोताको माया समेत पाईसकेको छ | उनको आफ्नै शब्दमा यो गीत तयार भएको हो भने यस गीतमा एन.के ब्रदर्सको संगीत र संजीव सुब्बाको अरेन्ज रहेको छ | गीतमा गोपी दाहाल र किशु गुरुङको स्वर समावेश रहेको छ | गीतको भिडियो पनि संगै रिलिज गरियो जसमा सुशान्त कार्की, मरिश्का पोखरेल, यादब देवकोटा (सरापे), इश्वोर बल्लव र कृष्ण चौधरीको अभिनय रहेको छ | मुनाल शिशिर कोइरालाको निर्देशनमा बनेको भिडियो निकै आकर्षक बनेको छ |

आफुले पहिलो एल्बम जस्तै दोस्रो एल्बम पनि राम्रो बनाउने प्रयास गरेको उनले बताएका छन् | पहिलो एल्बममा भएका कमि कमजोरीहरुलाई सुधार्दै र दर्शक श्रोताको सल्लहा सुझाब सबै समेटेर आफुले दोस्रो एल्बममा धेरै नयापन समेत लिएर आएको बताएका छन् | उनको यो अभिव्यक्ति एक हिसाबले सत्य पनि साबित भएको छ | दोस्रो एल्बमको उनको ३ वटा गीतको भिडियो बजारमा आइसक्दा यो सबै कुरा प्रमाणित समेत भईसकेको छ | यस हिसाबले उनले आफुलाई दिन प्रति दिन अझ सशक्त र अब्बल बनाउदै लगिरहेका छन् | आगामी दिन आफुले अझै राम्रो प्रस्तुति पेश गर्ने प्रयास गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

साच्चै नै प्रवासमा बसेर उनले नेपाली सांगीतिक क्षेत्रमा दिएको योगदान सराहनीय नै रहेको छ | अबको उनको आगामी प्रस्तुति अझ दमदार हुने र उनको दोस्रो एल्बमबाट पनि उनले सफलता हासिल गर्ने आशा हामी लिन सक्छौ र उनलाई पनि यस प्रति विश्वास र आशा रहेको छ | आजको दिनमा धेरै दर्शक श्रोताले उनलाई राम्रो गीत बजारमा पेश गरिरहने कुशल र अब्बल गीतकारको रुपमा चिनेका छन् | हुन त उनि भित्र अरु पनि थुप्रै प्रतिभाहरु समाहित छ तर पनि उनि विशेष गीत लेखन विधामा नै आफुलाई अगाडी लिएर गईरहेका छन् |

हेर्नुस भिडियो :

Comments