रिलिज भयो गोपी दाहालको “हिस्सी परेकी”, मरिश्का र सुशान्तलाई मिलाउदै सरापे (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, २९ आश्विन सोमबार
no img

स्क्रीननेपाल डटकम :
हरेक पल्ट केहि फरक गीत बजारमा पेश गरिरहेका गीतकार तथा गायक गोपी दाहालको बिल्कुलै नया गीत “हिस्सी परेकी” आज रिलिज भएको छ | दशैंको अवसर पारेर उनले यो गीत रिलिज गरेका हुन् | गीतमा उनको आफ्नै शब्द रहेको छ भने स्वर पनि उनले आफैले नै दिएका छन् | यस्तै स्वरमा उनलाई गायिका किशु गुरुङले पनि साथ दिएकी छिन् | यस्तै गीतमा एन.के ब्रदर्सको संगीत र संजीव सुब्बाको अरेन्ज रहेको छ | गीत रमाइलो पाराको बनेको छ | गीतको भाव संगै मिल्ने गरी म्युजिक भिडियो पनि बनाईएको छ | गीत र भिडियो एक साथ दर्पण मिडियाको युटुब च्यानल देखि रिलिज गरिएको छ |

मुनालशिशिर कोइरालाको निर्देशनमा यस गीतको भिडियो तयार भएको छ | गीतमा बिदुर पाण्डे (नबिन) को छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ | यस्तै गीतको यस भिडियोलाई हरिप्रिया दाहालले निर्माण गर्नुभएको हो | भिडियोमा कलाकार मरिश्का पोखरेल, सुशान्त कार्की, यादब देवकोटा (सरापे) , इश्वोर बल्लव र कृष्ण चौधरीको अभिनय रहेको छ | गीतमा नृत्य संगै केहि रमाइलो खुराक पनि निर्माण पक्षले मिश्रण गरेको छ | यस्तै भिडियोमा नेपाली कला संस्कृति झल्काउने पोशाकको समेत प्रयोग गरिएको छ जसले भिडियो अझै सुन्दर देखिएको छ | कलाकारको अभिनय पनि कम छैन यस भिडियोमा |

सुशान्त र मरिश्काको जोडी निकै सुहाएको छ भने भिडियोमा उनीहरुले निकै राम्रो काम गरेको पनि देखिन्छ | गोपी दाहालको यो नया प्रस्तुति धेरै पछि आएको हो | यस हिसाबले पनि दर्शक श्रोताहरुलाई उनको यो प्रस्तुति बिशेष रहने देखिन्छ | आफुले सक्दो मेहेनत गरेर राम्रो प्रस्तुति दिने प्रयास गरेको र अवश्य पनि आफ्नो प्रस्तुतिलाई दर्शक श्रोताहरुले माया गरिदिनुहुने विश्वास उनले ब्यक्त गरेका छन् | यस्तै उनले अबको दिन आफ्नो राम्रो राम्रो दमदार प्रस्तुति दर्शक श्रोताहरुले हेर्न र सुन्न पाउनुहुने समेत उनले बताएका छन् | उनको थुप्रै गीत अब बजारमा आउने तयारीमा रहेको छ |

लामो समय देखि उनि अमेरिकामा बसेर नेपाली गीत संगीत क्षेत्रमा काम गरिरहेका छन् | उनको थुप्रै गीत बजारमा आईसकेको छ भने अमेरिकामा र नेपालमा पनि उनको आफ्नै छुट्टै किसिमको पहिचान समेत बनिसकेको छ | उनको शब्द लेखन क्षेमताको नेपाली सांगीतिक क्षेत्रमा राम्रो चर्चा छ भने दर्शक श्रोतामा पनि उनको राम्रै प्रभाव छ | अबको दिन अझै राम्रो गीत लिएर आउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | यस्तै उनले आफ्नो यो नया गीत हेरेर सुनेर सहि ढंगले मुल्यांकन गर्नुको साथै प्रतिक्रिया समेत दिनुहुनको लागि सबै दर्शक श्रोता संग उनले हृदय देखि नै अनुरोध गरेका छन् |

हेर्नुस भिडियो :

Comments