दसैँलाई ‘इथोज ब्याण्ड’को प्रस्ताव
screennepal
प्रकाशित: २०७५, २६ आश्विन शुक्रबार
no img

पप गायक अजय शमशेर राणा (इथोज ब्याण्ड)ले दशैँको अवसरमा चौथो एल्बम ‘प्रस्ताव–३’ श्रोतामाझ ल्याउने भएका छन् । एल्बममा पप र आरएन्डवी प्mलेवरका आठ गीत छन् । यी गीतमध्ये ६ गीतमा शब्द र संगीत अजयकै छ भने २ गीतमा विशेष पाण्डेको शब्द र संगीत छ ।
गायक अजयले युवापुस्तालाई लक्षित गरेर तयार पारिएको एलबमका दुई गीतको म्युजिक भिडियो थाइल्याण्डका विभिन्न शहरमा छायांकन गरिएको बताए । ‘एल्बमको सबै काम सकिएको छ । अब यसै साता श्रोतामाझ एल्बम ल्याउँदैछु’ अजयले भने ।
एल्बमलाई रिबेल इभेन्टले बजारमा ल्याउँदैछ । अजयको ब्याण्डले सन् २००७ मा ‘आश्मा’, सन् २०१० मा ‘प्रस्ताव’ र सन् २०१४ मा ‘प्रस्ताव २’ एल्बम ल्याइसकेको छ । दोश्रो एल्बम ‘प्रस्ताव’ मा भएको ‘सुस्तरी’बोलको गीतले ‘१३ औं ईमेज अवार्ड’, ‘कान्तिपुर अनर्स अवार्ड’, ‘कालिका अवार्ड’, ‘विन्ध्यवासीनी म्युजिक अवार्ड’ जितेको
थियो ।
त्यस्तै तेश्रो एल्बम ‘प्रस्ताव २’ मा रहेको गीत ‘गल्ती मेरो छैन’ले ‘स्टार एफएम म्युजिक अवार्ड’ मा ‘यङ माइण्ड अवार्ड’ र ‘सम्बन्ध’ गीतले ‘ओएस नेपाल म्युजिक अवार्ड’ जितेको थियो ।
ब्याण्डले हालैमात्र देशको विभिन्न ठाउँहरुमा कार्यक्रम गरेको थियो भने चाँडै विदेशका कार्यक्रममा पनि सहभागिता जनाउँदैछ । गायक अजयले देशका विभिन्न स्थानमा भएका गायन, नृत्य, फेशन शोमा निर्णायकको भूमिका निभाइसकेका छन् ।

Comments