“हिस्सी परेकी” लिएर गोपी दाहाल दशैँमा आउँदै, सुशान्त र मरिश्काको जम्यो जोडी
screennepal
प्रकाशित: २०७५, २४ आश्विन बुधबार
no img

स्क्रीननेपाल डटकम :
गोपी दाहाल नेपाली सांगीतिक क्षेत्रमा निकै अगाडी देखि सक्रिय भएर लागिपरिरहेका एक सर्जक | स्वदेश देखि त होइन तर विदेश देखि आफ्नो प्रयास जारी राखेका यी व्यक्ति गीतकार र गायकको रुपले चिर परिचित छन् | लामै समय भयो यिनको अमेरिका बसाई तर नेपाली सांगीतिक क्षेत्रलाई भने यिनले छोडेका छैनन् | बेला बखतमा निकै राम्रो र उत्कृष्ट गीत दर्शक श्रोताको लागि पेश गरिरहने यिनको “हिस्सी परेकी” बोलको नया गीत बजारमा आउने तयारीमा रहेको छ | उनको यस गीतमा गोपी दाहालको शब्द, एन.के ब्रदर्सको संगीत र संजिव लामाको अरेन्ज रहेको छ | गीत निकै सुमधुर बनेको जानकारीमा आएको छ |


यस्तै गीतमा गोपी दाहाल र किसु गुरुङको स्वर रहेको छ | गीतको म्युजिक भिडियो छायांकन पनि सक्किसकेको छ | अहिले भिडियोको सम्पादन कार्य धमाधम भईरहेको छ | अब यो गीत केहि दिन भित्र नै रिलिज गरिने गीतकार तथा गायक गोपी दाहालले जानकारी दिएका छन् | गीतको भिडियो पनि अरु म्युजिक भिडियो भन्दा केहि फरक तरिकाले निर्माण गर्ने प्रयास निर्माण पक्षले गरेको छ | बिदुर पाण्डे (नबिन) को छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन रहेको छ भने निर्देशन मुनालशिशिर कोइरालाले गरेका छन् |

काठमाडौँ भित्र नै छायांकन गरिएको भिडियोमा सुशान्त कार्की, मरिश्का पोखरेल, यादब देवकोटा (सरापे) लगायतका कलाकारहरुको अभिनय रहेको छ | गाउँ घरमा दशैंको रमझमको शैलीमा नै यस भिडियोको कन्सेप्ट तयार गरिएको छ | भिडियो छायांकनको केहि तस्बिरहरु समेत सार्वजनिक गरिएको छ | सार्वजनिक तस्बिरले नै भिडियो रंगिन बनेको प्रष्ट पार्दछ | गोपी दाहालले पनि आफुले सक्दो मेहेनत गरेर राम्रो प्रस्तुति दर्शक श्रोता माझ पेश गर्न कोशिश गरेको बताउछन | यस्तै उनले दशैंको शुभकामना सहित अबको केहि दिनमा नै यस गीत र भिडियोलाई दर्शक श्रोता माझ रिलिज गर्ने र दर्शक श्रोताले पनि आफ्नो प्रस्तुति हेरेर सुनेर सहि ढंगले मुल्यांकन गरिदिनुहुने आशा आफुले लिएको उनको भनाई रहेको छ |

दशैंमा उनको यो प्रस्तुतिले कस्तो नतिजा दिलाउने हो त्यो हेर्न भने बाँकी नै छ | विदेशमा बसेर पनि नेपाली गीत संगीतलाई यो गतिमा माथि लैजानु साच्चै नै ठुलो कुरा हो भने गोपी दाहाल अवश्य पनि तारिफ योग्य पात्र बनेका छन् | दर्शक श्रोताले उनलाई धेरै नै साथ दिइरहेका छन् | दर्शक श्रोताको साथले आफु अझै अगाडी सम्म जान सक्ने र सक्दो राम्रो प्रस्तुति लिएर दर्शक श्रोता सामु आउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

Comments