शिवको ‘सुनको माया’ उपहार (भिडियो)
screennepal
प्रकाशित: २०७५, २४ आश्विन बुधबार
no img

नेपालीको महान पर्व बिजया दशमी तथा दिपावलीको अवसर परेर गायक शिव परियारले आफ्न फ्यानका लागि ‘सुनको माया’ बोलको गीत उपहार दिएका छन् ।
लोकरक जनराको गीत गायक शिवले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गति सार्वजनिक गरेपछि उनले भने, ‘यो गीत मेरा शुभचिन्तकहरुको लागि उपहारस्वरुप ल्यािएको हुँ ।’
आफ्नो ११आँँैं एल्बम ‘शिवालय’मा समावेश ‘ण्सुनको माया’ बोलको गीतलाई मंगलबार रिलिज गरिएको हो । सार्वजनिक गीतमा शिव परियारको अहिलेसम्मको गीतभन्दा निकै फरक रहेको छ । डान्सिङ फ्लेवरको यो गीतबाट दर्शक श्रोताले फरक स्वाद प्राप्त गर्ने गायक शिवको भनाइ छ ।
सार्वजनिक गीतमा शिव परियारको स्वर र संगीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ । गीतमा मञ्जिलबिक्रम केसीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री अलिशा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । गीतजस्तै म्युजिक भिडियो पनि रमाइलो बनेको छ ।
बिकास सुबेदी निर्देशित भिडियोमा अनिलकुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ भने भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

https://www.youtube.com/watch?v=2fVQxnHiwHo&feature=youtu.be

Comments