सारिकाको दिल कसरी टुट्यो ? (भिडियो)
screennepal
प्रकाशित: २०७५, २२ आश्विन सोमबार
no img

कलाकार तथा सेलिब्रेटीका लागि दिल जोड्नु र टुट्नु सामान्य जस्तै हो । गायिका तथा नायिका सारिका घिमिरेको रियल लाइफमा दिल टुटेको छ वा छैन । तर गीतमा भने उनको दिन टुटेको छ ।
‘दिल टुटेको कसरी भनुँ’ बोलको गीत उनले सार्वजनिक गरेकी छन् । सारिकाको उक्त नयाँ गीतलाई भिडियोमा सार्वजनिक गरिएको हो । सारिकाकै शब्द, स्वर र संगीत रहेको ‘दिल टुट्यो कसरी भनु म’को भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले निर्देशन गरेका हुन् । यस गीतको भिडियोलाई सुशील डाँगीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका छन् ।
गतवर्ष मोहनी एल्बम श्रोता तथा दर्शकमाझ ल्याएर सांगीतिक क्षेत्रमा औपचारिक रुपमा होमिएकी सारिकाका धेरै गीत श्रोताको रोजाइमा परेका छन् । एकपछि अर्को गीतमार्फत आफ्नो गायनको उचाइ नापिरहेकी उनले पाश्र्वगायनमा समेत तारिफ बटुल्दै आएकी छन् ।
अभिनयसँगसँगै गायनमा व्यस्त रहेकी शारिकाले भनिन्, ‘गायनमा मेरो पहिलो प्राथमिकतो भन्ने छैन । सबै प्रकारका गीत गाएकी छु र अभिनय पनि गर्दै आएकी छु ।’

Comments