अञ्जु र बिन्तीको ‘माया त यस्तो’
screennepal
प्रकाशित: २०७५, १७ आश्विन बुधबार
no img

चलचित्रको पाश्र्व गायनमा व्यस्त रहेकी गायिका अञ्जु पन्त सुगमसंगीतमा पनि उत्तिकै सक्रिय छिन् । यसपटक गायिका पन्तले अमेरिकामा बसोबास गरिरहेका गायक बिन्तिकुमार गुरुङस“ग आधुनिकशैलीकै युगल ‘माया त यस्तो’ बोलको गीत गाएकी छन् ।
अञ्जुको यो पछिल्लो ‘माया त यस्तो’ शीर्षकको यूगल गीतको म्युजिक भिडियो बुधवार सार्वजनिक भएको छ । मनोज साम्सोन राईद्वारा संगीतबद्ध उक्त गीतका शब्द एमडी फिरकले गरेका हुन् । उक्त गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । यो गीत भर्खरै सार्वजनिक भएको गीति एल्बम ‘बिन्ति’ मा समावेश छ ।
शान थापाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अनुराग र आशाले अभिनय गरेका छन् । राजिव समरद्वारा कोरियोग्रँफी गरिएको उक्त भिडियोलाई प्रकाश गुरुङ ‘कास’ ले छायांकन गरेका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने यसमा विकास ताम्राकारले ड्रोन सञ्चालन गरेका छन् । भिडियोमा अभिनय गर्ने कलाकारहरु कमल मानन्धरद्वारा डिजाइन गरिएका पहिरनमा सजिएका छन् ।

Comments