जेनिश गाउँछन् ‘मान्छे कहिले नमर्ने भए…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ७ आश्विन आईतवार
no img

नेपाली गायन क्षेत्रमा अर्का प्रतिभाशाली बालगायकको उदय भएको छ । उमेरले ८ वर्षका जेनिश उप्रेती निकै राम्रो गाउँछन् । उनले गाएको ‘मान्छे कहिले नमर्ने भए’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।
झापा बिर्तामोडका जेनिश कुनैपनि गीत एकपटक सुनेपछि सजिलै गाउँ सक्छन । जेनिश काठमाडौंमा गीत रेकर्डिङका लागि आउँदा मिडियाले उनलाई पिछा गरेका थिए । एक दर्जनभन्दा बढी युटुब च्यानलले उनको अन्तर्वार्ता पनि लिए । जहाँ उनको प्रतिभा हेर्न सकिन्छ ।
जेनिशको समधुर आवाजमा रहेको ‘मान्छे कहिले नमर्ने भए’ बोल गीतको म्युजिक भिडियो हालै रिलिज भएको हो । मोफसलका चर्चित निर्देशक राज चाम्लिङको शब्द र संगीतमा तयार भएको उक्त गीतलाई थोमस राईले एरेञ्ज गरेका हुन् । उक्त गीतको भिडियोमा सुप्रिया कटवाल र बाबु मोक्तानले अभिनय गरेका छन् । यस भिडियोलाई भगिराज राईले निर्देशन गरेका हुन् ।

Comments