मलेसियामा सुशिमको पछि लाग्दै डान्सर तथा मोडल राज तामाङ
screennepal
प्रकाशित: २०७५, १२ भाद्र मंगलवार
no img

स्क्रीननेपाल डटकम :
मोडल तथा डान्सर राज तामाङको अभिनय रहेको “जेबा जेबा छामे” बोलको गीतको म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको छ | निर्माण पक्षले अबको केहि दिनमा नै पुरा भिडियो रिलिज गर्ने हिसाबले नै यति बेला पोस्टर सार्वजनिक गरेको देखिएको छ | पोस्टरमा मोडल राज तामाङ संग अर्की मोडल सुशिमा तामाङको जोडी बाधिएको देखिएको छ | पोस्टर निकै रंगिन बनेको छ | पोस्टरले नै भिडियो प्रति धेरै दर्शकहरुको आकर्षण बढाउने देखिन्छ | तर भिडियोले दर्शकहरुमा कति प्रभाव पार्ने हो त्यो भने भिडियो रिलिज पछि नै थाहा हुनेछ |


भिडियोको यस गीतमा डबिन्द्र तामाङको शब्द, जोक्लाल तामाङको संगीत र जीवन तामाङको स्वर समावेश रहेको छ | गीतको अरेन्ज भने दीपेश प्रधानले गरेका हुन् | कोष बोम्जनको छायांकन र शम्भु मोक्तान तामाङको निर्देशनमा यो म्युजिक भिडियो तयार भएको छ | यसको सम्पादन कार्य भने मेक बहादुर थापाले गरेका हुन् | भिडियो निर्देशक शम्भु मोक्तान तामाङ भएकाले पनि भिडियो दमदार बनेको आशा लिन सकिन्छ | मलेसियामा यति बेला उत्कृष्ट भिडियो निर्माणमा उनको नाम पनि अगाडी नै आईरहेको छ | यस हिसाबले उनको फरक सोच्ने क्षेमताको प्रभाव यस भिडियोमा पनि परेको हुन सक्छ |


राज तामाङ आफै पनि एक नृत्य निर्देशक हुन् | उनि यहि परिचयमा नै अगाडी बढ्न चाहन्छन् | यसको लागि उनले निकै मेहेनत गरि पनि रहेका छन् | उनले आफुले पनि यस भिडियोमा केहि नया डान्स स्टेप र फरक कन्सेप्टको समायोजन गरेको बताएका छन् | उनको कोशिशले दर्शकहरुलाई के खुशी र सन्तुष्ट बनाउला त ? यो अहिले प्रश्न नै बनेको छ | तर उनले भने आफुले आफ्नो तर्फबाट राम्रो प्रस्तुति दिने प्रयास गरेको बताएका छन् | उता सुन्दर मोडल सुशिम तामाङको जोडी राज तामाङ संग खुबै जमेको छ | मलेसियामा गरिएको यस भिडियोको छायांकनले पनि भिडियो आकर्षक बनेको अनुमान लगाउन सकिन्छ |

हेर्नुस उनको पछिल्लो म्युजिक भिडियो :

Comments