‘वर्षाको पानी’मा लत्रक्कै भिझिन् सोनिका (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १८ श्रावण शुक्रबार
no img

पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले गाएको ‘बर्खाको पानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मेलिनासँगै राजेन्द्र बजगाईंको स्वर रहेको छ ।
जीवन लुइँटेलको शब्द तथा राजेन्द्र बजगाइँको संगीत रहेको उक्त गीतको भिडियोमा युट्युबमा कार्यक्रम प्रस्तोताको रुपमा चर्चामा रहेकी सोनिका रोकायले अभिनय गरेकी छन् । भिडियोमा सोनिकाको बोल्ड दृश्य रहेको छ । भिडियोमा सोनिकासँग सुरज श्रेष्ठले रोमान्स गरेका छन् ।
यस भिडियोलाई गीतकार जीवन लुइँटेलले निर्देशन गरेका हुन् । माला मगरको कोरियोग्राफी रहेको यस भिडियोमा मुकेश हुमागाइँको छायांकन र अमृत चापागाइँको सम्पादन रहेको छ ।

Comments