टिजरमा ‘सिंहदरबार–२’ (टिजरसहित)
screennepal
प्रकाशित: २०७५, ९ श्रावण बुधबार
no img

टेलिशृंखला ‘सिंहदरबार–२’ को टिजर सार्वजनिक भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआईडी)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड र शुभ मिडिया होमले उत्पादन गरेको ‘सिंहदरबार–२’ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
टिजरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, प्रभात रिमाल, सबिना गोपाली, कृष्ण शिवाकोटी लगायतका कलाकार देखिएका छन् ।

पहिलो सिजनको सफलतापछि निर्माण गरिएको ‘सिंहदरबार’को दोस्रो सिजनको निर्देशन नविन सुब्बाले गरेका छन् । समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण गरिएको सिंहदरबार–२ ले सहकार्यात्मक नेतृत्व र सुशासनको माध्यमबाट नेपालमा कानुनी शासनको सुदृढिकरणमा जोड दिएको छ । शृंखला साउनको दोस्रो सातादेखि नेपाल टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको छ ।

Comments