‘तृतिया तिथिमा’ सुदृष्टिको गायनसँगै नृत्य (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ५ श्रावण शनिबार
no img

गायिका सुदृष्टि राई ‘तृतिया तिथिमा’ बोलको तीज गीत लिएर आएकी छन् । झापाकी प्रतिभाशाली गायिका सुदिृष्टिको यो पहिलो तीज गी हो । यस गीतमा गायिकाको सुमधुर स्वर सुन्न सकिन्छ ।
उमेरले सानै भएपनि बहुमुखी प्रतिभाकी धनि सुदृष्टि गायनसँगै नृत्यमा पनि पारंगत छिन् । सार्वजनिक आफ्नो तीज गीतमा उनैले नृत्य गरेकी छन ।
नारीको महान चाड हरितालिका तीज लक्षित गरेर सार्वजनिक गरिएको गीतमा बिबी अनुरागीको संगी र सुमन श्रापितको शब्द रहेको छ । भिडियोमा गायिका सुदृष्टिसँगै मेरी र सपनाले आकर्षक नृत्य गरेका छन् ।

https://www.youtube.com/watch?v=2acmfrre1YA

अशोक मल्लको निर्देशनमा तयार भएको भिडियोमा मनि राईको कोरियोग्राफी र रोशन श्रेष्ठको छायाकंन रहेको छ भने अशोक मल्लको सम्पादन रहेको छ । यस भिडियोलाई सुदृष्टिले आफ्नै अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

Comments