मेगास्टार राजेशपायलको स्वरमा ‘जसले पनि…’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, ४ श्रावण शुक्रबार
no img

काठमाडौं । नेपाली गायनका मेगास्टार राजेशपायल राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । राजेशपायलले गाएको ‘जसले पनि’ बोलको गीतमा शब्द रचना बबिता राईको रहेको छ भने संगीत महेन्द्र राईले गरेका छन् ।
महेन्द्र एण्ड दीपा च्यानलबाट सार्वजनिक यस गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । म्युजिक भिडियोमा छायांकन, सम्पादन र निर्देशन रन्धीर श्रेष्ठको रहेको छ भने सञ्जिव कटवाल, एन्जल भण्डारी, कमलजङ र सुर्य ओलीले भिडियोमा अभिनय गरेको छन् ।

Comments