दर्शक रिझाउन सफल चार्ली तामाङ, सफल नृत्य निर्देशक बन्ने यस्तो सपना र संगर्ष
screennepal
प्रकाशित: २०७५, २७ असार बुधबार
no img

स्क्रिननेपाल डटकम :
कसैलाई मनोरंजन दिन सक्नु कति गार्हो या सजिलो कुरा होला | अवश्य पनि गार्हो कुरा हो | सबैको जवाफ यहि नै आउछ | हुन त मनोरंजन प्रदान गर्ने या लिने धेरै कुराहरु रहेको छ अहिलेको अवस्थामा तर गीत संगीत र भिडियो यो भने प्रमुख मानिन्छ | अवश्य यसको प्रभाव धेरै नै पर्ने भएकोले नै यसलाई मान्छेहरुको मनोरंजनको प्रमुख श्रोता मानिन्छ | गीत संगीत र म्युजिक भिडियो यो क्षेत्रमा धेरै व्यक्तिहरुको आबद्धता रहेको छ भने यसमा पनि बिशेष भूमिका कलाकारको हुन्छ | यो भन्दा गायक गायिका पनि आउन सक्छ तर हामी कुरा गर्दैछौ म्युजिक भिडियोमा कुशल अभिनय देखाएर दर्शकहरुलाई मनोरंजन दिने मोडल तथा कलाकारको | धेरै कलाकारहरु रहेका छन् यस क्षेत्रमा जसको क्षेमताको आफ्नै पहिचान र परिधि रहेको छ | त्यसमा दर्शकहरुको माया र साथ पाउने चाही सिमित रहेका छन् भने कुनै फरक पर्दैन | यस्तै दर्शकको माया र साथ अनि हौसला लिएर अगाडी बढिरहेका एक हुन् मोडल चार्ली तामाङ | तर उनको मोडल भन्दा बढी परिचय डान्सरको रुपमा बनेको छ |

उनि आफ्नो यहि परिचय बनाउन पनि चाहन्छन किन भने उनि डान्स फिल्डबाट नै अगाडी बढेका हुन् | अहिले उनि निकै नै सक्रिय भएर नेपाली म्युजिक भिडियो क्षेत्रमा अगाडी बढिरहेका छन् | उनको क्षेमता धेरै माथिको छ अरु भन्दा केहि फरक गर्न सक्ने उनको शैली धेरैको आँखामा परेको छ | हरेक व्यक्तिको एक सुरुवात हुन्छ उनको पनि छ तर अरु भन्दा केहि फरक | काम संग संगै उनको सुरुवाती चरणको वास्तविकता समेत आज खुल्ने छ | सिन्धुलीमा जन्मेका उनको बाल्यकाल सामान्य हिसाबले नै बित्यो | तर बाल्यकाल देखि नै धेरै कला उनि भित्र समाहित रहेको थियो जसलाई उनि बिस्तारै बाहिर लिएर आउन भरपुर कोशिश समेत गर्दै थिए | अभिनय तर्फ उनको लगाव भएता पनि आफुलाई उनलाई डान्सरकै रुपमा अगाडी बढाउन चाहे र नेपालमा उनले धेरै कार्यक्रमहरुमा समेत आफ्नो कला प्रदर्शन गरे | प्रशंसा त पाए उनले धेरैबाट तर उनको कलाले सहि मार्ग दर्शन पाउन सकेन |

उनको अनेकौ प्रयास असफल रहे | सबैको जीवनमा जस्तै उनलाई पनि आर्थिक अवस्था संगै अरु थुप्रै समस्याले घेर्यो | उनको भाग्यले उनको पाईला अन्तै निर्धारण गरेको रहेछ | तर त्यसको भान उनलाई थिएन | आफ्नो सपना एकातिर र आफु माथि थपिदै गएको जिम्मेवारी अर्को तर्फ बीचमा उनि एक्लै थिए | जसोतसो मनलाई सम्हाले उनले र मलेसिया जाने निर्णय गरे | भाग्यले उनलाई उनको गन्तव्य तर्फ डोर्याउदै छ भन्ने अलिकति पनि आशा उनको मनमा थिएन | तर पनि हिम्मत भने उनले हारेका थिएनन् | मन दह्रो बनाएर समयले साथ दिए गरेर देखाउछु भन्ने दृढ संकल्प सहित मलेसिया गए | ५ बर्ष बितिसक्यो उनि मलेसिया उडेको | फर्केर त्यो दिन हेर्दा आज उनलाई फरक अनुभूति हुन्छ | उनि मलेसिया गएको ५ बर्ष भईसक्दा उनले कला क्षेत्रमा प्रवेश गरेको वा आफ्नो सपनाको सहि मार्ग दर्शन पाएको भने डेढ बर्ष मात्र भयो | उनको कला क्षेत्रमा प्रवेशको पनि भाग्यले फरक कथा बनाईदिएको छ | अवसर प्राप्तिको पनि फरक तरिका हुँदो रहेछ भन्ने कुराको उनको जीवन कथाले बताउछ जुन हामी खोल्दैछौ |

मलेसियामै नै उनले काम गर्ने कम्पनीमा एकपटक सांस्कृतिक कार्यक्रम हुने कुरा आयो | नाचगान कार्यक्रम पनि हुने भएको डान्सको जिम्मा उनको भागमा पर्यो | उनले उक्त जिम्मेवारीलाई लिए र त्यो उनको लागि सजिलो पनि थियो तर अवसरको उत्पत्ति त्यहि देखि नै हुनेछ भन्ने थोरै पनि कल्पना उनले गरेका थिएनन् | नाचगान कार्यक्रम भयो उनले डान्सरको रुपमा आफ्नो प्रस्तुति समेत दिए जसको सहि कदर र सम्मान त्यहाँ भयो | त्यसपछि त्यहि कार्यक्रममा उपस्थित एक म्युजिक भिडियो निर्देशकले उनको कला क्षेमताको सहि पहिचान गरे र उनलाई अवसर प्रदान गरे | त्यहि देखि नै उनको करियर सुरुवात भयो | त्यसपछि उनले अहिले सम्म पछाडी फर्केर हेर्नु परेको छैन | उनले अहिले सम्म ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसके | विदेशको जीवन संगर्ष मय नै हुन्छ त्यसको बाबजुत समय व्यवस्थापन गरि यसरी यस क्षेत्रमा रुमलिनु आफैमा सजिलो छैन तर यसलाई गरेर देखाए मोडल चार्ली तामाङले |

उनले १ महिना अगाडी मात्र परदेशी म्युजिक प्रा.लि ले आयोजना गरेको डान्स प्रतियोगितामा पहिलो भएर त्यहिबाट एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरे जसमा पनि उनले निकै नै राम्रो अभिनय गरेर देखाए | उक्त म्युजिक भिडियोमा समेत उनको अभिनयको सहि मुल्यांकन भएको देखियो | अहिले सम्म उनले ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसक्दा सेन्टिमेन्टल आधुनिक र रोमान्टिक गीतको भिडियोमा अभिनय गरे | तर उनको बढी फोकस भने रोमान्टिक र डान्स गीतहरुको भिडियोमा रहेको उनि बताउछन् | डान्स र अभिनय संगै उनको पाईला म्युजिक भिडियो निर्देशक तर्फ पनि अगाडी बढेको छ | उनले अहिले सम्म करिब ५ वटा भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने अरु हुन बाँकी रहेको छ | उनको निर्देशन क्षेमताको पनि दर्शकहरुबाट राम्रो मुल्यांकन भएको छ |

भोलिको दिन उनलाई एक सफल नृत्य निर्देशक भएर अगाडी आउने चाहना छ | यसकै लागि त्यहि किसिमको मेहेनत पनि उनले यति बेला गरिरहेका छन् | आफ्नो कला क्षेमता नेपाली चलचित्र क्षेत्रमा पनि देखाउने उनको धोको छ तर यो पुरा हुने या नहुने कुरा समयले नै बताउने छ | आफ्नो यहाँ सम्मको यात्राको सफलताको श्रेय भने उनलाई दर्शकहरुलाई नै दिएका छन् | उनले आफुलाई सल्लहा सुझाब र हौसला दिनुहुने सबै दर्शकहरुलाई धन्यवाद समेत दिएका छन् | यस्तै उनले आगामी दिनमा पनि आफुलाई माया र साथ दिनुहुन हृदय देखि नै आग्रह समेत गरेका छन् | उनको कामको हिसबले उनको भविष्य उज्ज्वल नै देखिन्छ धेरै अवसर र चुनौती पनि उनको अगाडी खडा छ | ती हरेक चुनौतीलाई सामना गर्दै अवसरको सहि सदुपयोग गरेर अगाडी बढ्ने उनको प्रयास रही आएको छ अबको दिन के कस्तो रहन्छ नेपाली कला क्षेत्रमा चार्ली तामाङ त्यो हेर्न बाँकी नै छ | उनको धेरै म्युजिक भिडियो अब रिलिजको तयारीमा रहेको छ |

हेर्नुस भिडियो :

Comments