जन्मदिनमा तायाहाङ्माको ‘कान्छी’ सार्वजनिक
screennepal
प्रकाशित: २०७५, २० असार बुधबार
no img

गायिका तायाहाङ्मा राई ‘कान्छी’ लिएर आएकी छन् । गीति एल्बम ‘कान्छी’को तायाहाङ्माले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेकी हुन् ।
राजधानीमा एक समारोहबीच मंगलबार तायाहाङ्माले एल्बम सार्वजनिकसँगै आफ्नो जन्मदिन मनाइन् । एल्बमको बरिष्ठ गायक तथा संगीतकार गणेश रसिकले सार्वजनिक गरेका थिए । बिएफबिएस रेडियोबाट प्रत्यक्ष प्रसारण गरेर ‘कान्छी’ सार्वजिनक गरिएको थियो ।


गायिका तायाहाङ्माको यो पछिल्लो एल्बम हो । एल्बम सार्वजनिक कार्यक्रममा खोटाङ्गे गायक/गायिकाको ठूलो भीड थियो । विशेषगरी तायाहाङ्मालाई जन्मदिनको शुभकामना दिन उनीहरु कार्यक्रममा पुगेका थिए ।
एल्बम सार्वजनिक कार्यक्रममा गायिका सत्यकला राई, पार्वती राई, कला राई, मेनुका राई, राधा राई, बेनुका राई, संगीतकार तथा गायिका निलम रोजु राई, ममता राई, अर्पण श्रेष्ठ, देवेश राईलगायतका कलाकारको उपस्थिति थियो । उनीहरुले गायिका तायाहाङलाई नयाँ एल्बमका साथै जन्मदिनको शुभकामना दिएका थिए ।


सार्वजनिक ‘कान्छी’मा ८ वटा गीत समावेश छन् । जसमा लाम त माया, बाँझो प-र्यो कि, डम्फु र सेलो, कुरी रहेँ, वैँश फूल्यो, हरेक दिन, लोरी सुनाउँ न र मौलिक हाम्रो पहिचान बोलका गीत रहेका छन् । पूर्वेली लाक आधाुनिक शैलीका ती गीतमा चन्द्र लामा, प्रकाश थाम्सुहाङ, विराट गौतम, रुपक वनबासी, स्वप्निल लिम्बू र तायाहाङ्मा राईको शब्दरचना रहेको छ । यस एल्बमको निर्माता चन्द्र लामा ‘अनुराग’ हुन् । गीतकार समेत रहेका लामा विश्व नेपाली साहित्य समाजका अध्यक्ष पनि हुन् ।
एल्बममा गणेश पराजुली, चन्द्र लामा, विराज गौतम, राज सागर, दिनेश सुब्बा, पुजन लोहागन, सिवसंगम राई र एक गीतमा गायिका सयंमकै संगीत रहेको छ । एल्बम सार्वजनिक गरेपछि गायिका तायाहाङले दर्शक तथा श्रोताको माया र हौसलाले ‘कान्छी’ ल्याउन सफल भएको बताइन् । उनले आगामी दिनमा पनि दर्शक तथा श्रोताबाट माया, साथ र हौसला पाउनेमा अपेक्षित रहेको बताइन् ।

Comments